विवादमा प्रधानन्यायाधीश: सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरा कर्तव्य विमुख भएको निष्कर्ष निकाल्दै राजीनामा नआए आफ्ना इकाईमार्फत देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।