महावीर पुनको आविष्कार केन्द्रलाई सरकारबाट दुई लाख रूपैयाँ पुरस्कार

काठमाडौं : सरकारले राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई विभिन्न दुई पुरस्कार दिएको छ।  केन्द्रलाई शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गरेको हो। दुवै पुरस्कारको राशी एक/एक लाख रुपैयाँ ...

सम्बन्धित सामग्री

पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार स्वतः पाउने

पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोबर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

पलेशाले सरकारबाट पाउनेछिन् ६५ लाख पुरस्कार

१५ भदौ, काठमाडौं । सरकारले फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ का अनुसार व्यक्तिगत …

यू-१९ विश्वकप खेलेर आएका खेलाडीले सरकारबाट पाए छनोट हुँदाको पुरस्कार

२८ माघ, काठमाडौं । विश्वकप खेलेर फर्किएका यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षअघि छनोट हुँदाको पुरस्कार पाएका छन् । नेपाल युवा तथा खेलकुद मन्त्रालयले आइतबार बिहान एक कार्यक्रम गरी खेलाडीलाई सम्मान सहित नगद पुरस्कार हस्तान्तरण गरेको हो । टिमका १४ खेलाडी र ३ व्यवस्थापकीय टिमले आइतबार मन्त्रालयमा पुरस्कार प्राप्त गरेका हुन् । खेलाडीले जनही […]

रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने

सुबास हुमागाई, हाङ्गचौ चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा करातेमा रजत पदक जितेकी एरिका गुरुङले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् । एरिकाले शनिबार ६८ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । नेपालले एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको […] The post रजत जितेकी एरिकाले साढे १९ लाख पुरस्कार पाउने first appeared on हाम्रो खेलकुद.

बक्सर तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने

काठमाडौँ। नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख रुपैयाँ पाउने भएकी छन्। थाइल्याण्डमा भएको एएसबीसी एसियन यू– २२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी हुन्। तामाङले महिला ४८ केजी तौल समूहमा रजत पदक जितेकी छिन्।

मदन भण्डारी आँखा अस्पतालमा ९२ मोतियाबिन्दु रोगीको आँखा अप्रेसन

दक्षिण एसियाकै आँखाका ज्योति करार भईसकेका डा. सन्दुक रुईत बहराईन सरकारबाट १० लाख अमेरिकन डलरको ‘इसा अवार्ड फर सर्भिस ट ह्यम्यानिटी’ पुरस्कार पाईरहँदा सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी आँखा अस्पताल’ले झण्डै सयजना मोतिबिन्दु बिरामीको सफल उपचार गरेको छ। गएक...

साफको उपविजेता टोलीले सरकारबाट जनही ३ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सरकारबाट पुरस्कार पाउने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था छ । २०७२ सालमा बनेको कार्यविधि २०७६ सालमा संशोधन भएको थियो । […]

हातैले भाँचिने डण्डी बनाएपछि सरकारबाट पुरस्कार ?

शंकर ग्रुप अन्तर्गतको साहिल अग्रवाल मालिक रहेको जगदम्बा स्टिल उद्योगले उत्पादन गरेका फलामे डण्डी २०७७ साल साउनमा हातैले भाँचिए । बालाजुमा घर बनाउन प्रयोग गरिएका जगदम्बा कम्पनीका १६ एमएमका फलामे रड मर्काउँदा हातैले भाँचिएका थिए ।बालाजुको बोहोराटारमा श्रीकृष्ण भट्टराईले २०७६ माघ १६ गतेबाट घर बनाउन सुरु गरेका थिए । लगत्तै कोरोनाको लहर फैलियो । मुलुक लकडाउनमा गयो । त्यसपछि २०७७ साउनबाट विस्तारै लकडाउन खुकुलो हुँदै गयो । त्यहीँ समयमा श्रीकृष्णले घरको बाँकी कामलाई तीव्रता दिए । तर, उनले घर बनाउँदा प्रयोग गरेको जगदम्बा कम्पनीका १६ एमएमका फलामे रड मर्काउँदा भाँचिए ।उनै साहिललाई ‘सुप्रबल जनसेवाश्री’ जसको उद्योगले हातैले भाँचिने फलामे डण्डी उत्पादन गरेको थियो, उसैलाई सरकारले विभूषित गरिदिएको छ । त्यो पनि संविधान दिवसमा पदकसहित ।डण्डी भाँचिएको एक वर्ष पछिको संविधान दिवस २०७८ मा साहिल अग्रवाल सुप्रबल जनसेवाश्रीबाट विभूषित भएका थिए । ‘राष्ट्र, राष्ट्रियता र समाजप्रति पूर्ण समर्पित भई पु¥याएको विशिष्ट योगदानको कदर स्वरुप तपाई श्री साहिल अग्रवाललाई संविधान दिवस २०७८ का अवसरमा नेपाल सरकारका तर्फबाट सुप्रबल जनसेवाश्री पदकबाट विभूषित गरिएको छ’ राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ बैशाख १ गते प्रदान गरेको विभूषित पत्रको ब्यहोरामा उल्लेख छ ।यो पनिःहातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)नेपाल उद्योग वाणिज्य महासंघसँग संविधान दिवसमा विभूषित गर्नुपर्ने उद्योगी व्यवसायीहरुको नाम सरकारले मागेको थियो । महासंघबाट आफ्नो नाम नगएपनि सिँधै जनार्दन शर्मा (अर्थमन्त्री भएका बेला)लाई फोन गरेर नाम आफ्नो नाम राख्न लगाउने सम्मको तयारी साहिलले गरेका थिए भन्ने स्रोत बताउँछ । तर, महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघको निर्वाचनमा आफूले समर्थन गरेको टिमबाट कार्यकारिणी सदस्यमा पनि निर्वाचित भएको व्यक्ति हुनाले साहिलको नाम पनि पठाईदिएका थिए ।हाल साहिल महासंघको बैंक, फाइनान्स तथा इन्स्योरेन्स कमिटीको सभापति छन् । अब हुने निर्वाचनमा सिँधै ‘एसोसियट्स उपाध्यक्ष’मा चुनाव लड्ने तयारीमा उनी लागेका छन् ।

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो […]

'नेशनल आईसीटी एक्सिलेन्स अवार्ड' सुधिर पराजुलीलाई

काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले 'नेशनल आईसीटी एक्सिलेन्स' अवार्ड पाएका छन्। सरकारले हरेक वर्ष प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको चार विधामध्ये उक्त विधाको पुरस्कार पाएका हुन्। उनले नेपाल सरकारबाट एक लाख रुपैयाँ नगद र प्रमाणपत्र पाउने छन्।