काठमाडौँ। नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख रुपैयाँ पाउने भएकी छन्। थाइल्याण्डमा भएको एएसबीसी एसियन यू– २२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी हुन्।
तामाङले महिला ४८ केजी तौल समूहमा रजत पदक जितेकी छिन्।