काठमाण्डाै - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि रिट निवेदकले जवाफ दिने भएका छन् ।
कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो । आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।
रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ...