प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा : दुवै पक्षले बहस नोट बुझाए, रिट निवेदकतर्फको सुरुवाती बहस आज सकिने

काठमाण्डौ – प्रतिनिधिसभा विघटन सम्बन्धी परेका रिट निवेदनको पक्ष र विपक्षी दुवैतर्फका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नोट बुझाएका छन् । निवेदकको तर्फबाट ३६ जना वरिष्ठ अधिवक्तासहित दुई सय ६२ जनाले बहस नोट पेस गरेका छन् । रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् । त्यस्तै, निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस सकिएको छ । निरन्तर सुनुवाई शुरु भएको ११ औं दिनमा सोमबार बहस सकिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले अब, सो मुद्दाको फैसला असार २८ मा गर्ने भएको छ । प्रधान न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेर २८ गते फैसला सुनाउने जानकारी दिएका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् । सोमबार कांग्रेस सभाप

प्रतिनिधिसभा विघटन मुद्दा : यी हुन् धारा ७६(५) मा सरकारी पक्षका मुख्य दुई तर्क

काठमाडौं: प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी पक्षको बहस सकिएको छ। १४ घण्टामा ११ जना सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट २१ जना निजी कानुन व्यवसायीले प्रतिरक्षा बहस गरेका छन्। धारा ७६(५) को व्याख्या, राष्ट्रपतिको अधिकार, प्रधानमन्त्रीको स्टेप, ह्विप लगायत विषयमा उनीहरुले आ-आफ्नो धारणा प्रस्तुत गरे।  धारा ७६(५) को व्याख्याका सम्बन्धमा भने सरकारी…

प्रतिनिधिसभा विघटन मुद्दा : प्रधानमन्त्रीको तर्फबाट बहस जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । प्रधानमन्त्रीको तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको सम अब ४ घण्टा ३३ मिनेट बाँकी छ । प्रधानमन्त्रीको तर्फबाट बुधवार वरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी […]

प्रतिनिधिसभा विघटन मुद्दाः सरकारी पक्षको बहस शुरु

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारी पक्षको बहस शुरु भएको छ । महान्यायाधिवक्ता रमेश बडालले बहसको प्रारम्भ गर्नुभएको छ । उहाँलाई तीन घण्टाको समय तोकिएको छ । बहस गर्दै महान्यायाधिवक्ता बडालल संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने दावी गर्दै संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र …

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सरकारी पक्षको बहस शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतवारसम्म रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले बहस गरेका थिए । सोमवार महान्यायाधीवक्ता रमेश वडालले बहसको शुरूआत गरेका छन् । महान्यायाधीवक्ता वडालले ३ घण्टा बहस गर्ने समय तोकिएको छ । वडालपछि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले २ घण्टा बहस गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रा...

प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकतर्फका कानुनव्यसायीको बहस आज सकिँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आज पनि बहस भइरहेको छ । आज निवेदक तर्फका कानुन व्यवसायीको बहसको समय सकिने छ । आज २ घण्टा ३५ मिनेट बहस गरेपछि निवेदकका तर्फको बहस सकिने जनाइएको छ । रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि १५ घण्टाको समय छुट्याइएको थियो । त्यसमध्ये ३ घण्टा प्रत्युत्तर बहसका […]

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा तेस्रो दिनको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा तेस्रो दिन शुक्रवार बहस शुरू भएको छ । शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षबाट बहस शुरू गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने र नेपालको संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागदाबी रहेको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।

प्रतिनिधिसभा विघटन मुद्दा : आज रिट निवेदकको बहस सकिँदै

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट आज बहस सकिने भएको छ। संवैधानिक इजलासमा सुनुवाई भइरहेको रिटमा निवेदक पक्षलाई दिइएको १२ घण्टाको समयअनुसार आज निवेदकका तर्फबाट ४ घण्टा ४५ मिनेट बहस भएपछि सकिने भएको हो। आज निवेदकको तर्फबाट २९ जना कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मका समय तोकिएको छ। आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिषकृष्ण […]

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा दोस्रो दिनको बहस शुरू

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइअन्तर्गत दोस्रो दिनको बहस शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा भइरहेको सुनुवाइको दोस्रो दिन शुरूमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रिट निवेदकको पक्षबाट बहस गरिरहेका छन् । जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई समेत छन् । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै ब...