सुक्खा सिजनमा सदरमुकाम कुश्मा बजारमा बर्सेनि हुने खानेपानीको अभाव टार्न शिवालय खानेपानी उपभोक्ता समितिले दीर्घकालीन समाधानको उपाय खोजेको छ । समितिले करिब दुई सय मिटर गहिरो जमिनबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो ।
बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि रौतहटको एक दलित बस्तीमा खानेपानी अभाव भएको छ। गुजरा नगरपालिका–५, लक्ष्मीपुरको मुसहर बस्तीमा रहेको खानेपानीको एक मात्र धारा सुक्दै गएपछि खानेपानी अभाव भएको हो। कुल २८ घरधुरी रहेको उक्त बस्तीमा खानेपानीको एउटा मात्र धारा छ। २०७२ सालमा ‘डिप बोरिङ’ गरी निर्माण गरिएको उक्त धारामा अन्य उपकरणको सहायताबिना नै स्वतः पानी आउँछ। सो वडामा त्यस्ता धारा छवटा थिए। तीमध्ये पाँचवटा सुकिसकेका छन्।