घरमै इनार र ट्यांकीको व्यवस्थापन गरिए टार्न सकिन्छ खानेपानी अभाव

काठमाडौं । नेपालमा पुग्दो खानेपानी आपूर्ति समस्या मुलुकभरि नै व्याप्त छ ।  अझ खानेपानी अभावको नमुना राजधानी सहर काठमाडौंलाई लिन सकिन्छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रतिवेदनले यहाँको दैनिक खानेपानी माग ४० करोड लिटर माथि रहेको र आपूर्ति १५ करोड लिटर हाराहारी मात्र रहेको देखाउँछ । यसले पनि देखाउँछ खानेपानी अभाव अवस्था । मेलम्ची खानेपानी आयोजना सञ्चालन भएर उपलब्ध हुने पानीले समेत राजधानीको खानेपानी अभावलाई पूर्णतः निर्मूल गर्न नसक्ने तथ्यांक छ ।  अझ करिब परीक्षणकाल सम्पन्न गरिसकेको मेलम्ची परियोजना बाढीपहिरोका कारण पुनः अनिश्चित भइदिँदा राजधानीका बासिन्दा र नयाँ घर बनाउनेहरूले भविष्यमा पानी अभावलाई कसरी धान्ने भन्नेबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।  यस्तो विषम अवस्थालाई झेल्न सहयोगी उपाय हुन सक्छ, घरमा इनार र रिजर्भ ट्यांकीको उचित तरिकाले निर्माण र समायोजन । घर, टोल वा सार्वजनिक जमघटको स्थान नजिकै इनार खन्ने र पिउन तथा अन्य प्रयोजनका लागि चाहिने आवश्यक पानी आपूर्ति गर्ने नेपालको परम्परागत चलन हो ।  खानेपानी अभावलाई सरकारले सुल्झाउन नसकेको र थप विकराल बन्दै गएको अवस्थामा घर बनाउँदै छौं भने इनार खन्ने चलन अझै पनि उपयोगी हुन सक्छ । हुन त विभिन्न अध्ययनले काठमाडौंको भूमिगत पानीको स्रोत घट्दै गएको देखाएको छ ।  तर, विज्ञहरूले भूमिगत पानीको स्रोतलाई पुनभरण (ग्राउन्ड रिचार्ज) को उपाय पनि सुझाएका छन् ।  काठमाडौं उपत्यकाको अधिकांश ठाउँमा इनार खन्ने चलन अद्यापि छ भने निश्चित गहिराइमा पुगेपछि पानीको स्रोत भेटिने गरेको छ ।   काठमाडौंमा बर्खाको समय इनारमा प्रशस्त पानी जम्मा हुने गर्दछ भने सुक्खायाममा प्रतिदिन ठाउँअनुसार ५० देखि १०० लिटरसम्म पानी इनारमा जम्मा हुने गर्दछ ।   सुक्खायाममा जम्मा हुने ५०–१०० लिटर पानी सानै परिवारलाई पनि अपुग हुन्छ ।  यद्यपि घर निर्माण गर्ने समय सकेसम्म अधिक क्षमताको रिजर्भ ट्यांकी बनाउन सके बर्खाको पानी ट्यांकीमा जम्मा गरी सुक्खायाममा केही समयका लागि उपयोग गर्न सकिन्छ ।  विभिन्न अध्ययनले सुझाएअनुसार एक व्यक्तिलाई दैनिक आवश्यक पर्ने करिब ७५ लिटर पानीलाई आधार मान्दा कुनै घरमा २ परिवार गरी ८ जना छन् भने तिनलाई मासिक १८ हजार लिटर पानी चाहिन्छ । यदि उक्त घरमा २४ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी छ भने वर्षायाममा उक्त ट्यांकी भर्न कुनै समस्या हँुदैन ।  सुक्खायाममा इनारमा जम्मा हुने थोरैथोरै पानी र रिजर्भ ट्यांकीमा साँचेर राखिएको पानीलाई किफायत गरी प्रयोग गरिए झन्डै २ महिना धान्न सकिन्छ  ।  इनारमा जम्मा हुने पानी र ट्यांकीमा जगेडा राखिएको पानीले बाहै्र महिना अभाव धान्न नसकिए पनि केही मात्र भए पनि पूर्ति गर्न सक्ने यो उदाहरणले देखाएको छ ।  यसका अलावा सरकारी धाराले साता–दस दिनमै भए पनि केही क्षण आपूर्ति गर्ने पानीलाई समेत जोडेको खण्डमा निजी ट्यांकरबाट महँगोमा खानेपानी किन्नुपर्ने अवस्था हटाउन सकिन्छ । निजी ट्यांकरबाट पानी किन्नुपर्ने अवस्थामा पनि आफ्नो घरसम्म पुग्ने बाटो ठूलो छ भने ठूलो ट्यांकरको पानी खरिद गरे केही सस्तो पर्ने हँुदा खानेपानी जगेडा राख्न ट्यांकी ठूलो राखिनु बुद्धिमानी हुन्छ ।  काठमाडौंमा बिक्री वितरण गर्ने खानेपानी ट्यांकर ७ हजार वा १२ हजार लिटर क्षमतालाई विचार गर्दा घरको रिजर्भ ट्यांकीको क्षमता कम्तीमा १२ हजार लिटर भए खानेपानी सञ्चित गर्न तथा किन्नैपर्ने अवस्थामा पनि धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ । रिजर्भ ट्यांकी भूमिगत निर्माण गर्न मिल्ने र त्यसमाथि पार्किङ वा अन्य आवश्यक निर्माण गर्न मिल्ने भएकाले अतिरिक्त जग्गा चाहिने होइन । त्यसैले घर निर्माण गर्ने समय भविष्यमा पानी अभावलाई कम गर्न सकिने किसिमले रिजर्भ ट्यांकी बनाउनु सही निर्णय हुन सक्छ ।   त्यस्तै, इनार बनाउँदा त्यसको नजिकै पुनभरण (रिचार्ज ग्राउन्ड) का लागि खाली जग्गा, करेसाबारी वा दुबो रोपेर राख्न सकिन्छ । जहाँबाट बर्खामा परेको पानी, घरको छाना वा छतबाट खसेको अतिरिक्त पानीलाई गटर वा पाइपको माध्यमबाट पर्‍याउन सके उक्त पानी इनारमै पुग्ने हुँदा घर वरिपरि उपलब्ध सानै जग्गा उपयोग गरेर इनारमा हुनुपर्ने भुमिगत पानी अवशोषणको माध्यमलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ । सामान्य प्रयासबाट सहरले भोग्दै आएको खानेपानी अभावलाई टार्न आफ्नो तर्फबाट सानै भए पनि भूमिका खेल्न सक्छौं ।

सम्बन्धित सामग्री

प्यूठानको ऐरावतीमा खानेपानी अभाव

स्वर्गद्वारी, १९ वैशाख । प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुली सेतीथुमकी सीता खनाल एक गाग्री पानी लिन दुई घण्टा हिँड्नुपर्दछ । आधा रातमा पानी लिन पुग्दा पनि पालो कुर्नुपर्नेहुन्छ पशुचौपायलाई पानी खुवाउन सहजताका लागि घैटो बनाए पनि सधैँ नपुग्ने भएपछि सधैँ हैरानी व्यहोर्नु परेको छ । ऐरावती गाउँपालिका –६ बिजुली बरम पोखराकी हेमन्ता थापामगर पूर्व वडा सदस्य […]

धरानमा खानेपानी अभाव, एक वर्षदेखि नेतृत्वविहीन खानेपानी बोर्ड

धरान उपमहानगरपालिकाका विभिन्न वडाहरूमा खानेपानीको चरम अभाव भएको छ। हप्तौंदेखि धारामा खानेपानी नआउँदा स्थानीयबासी समस्यामा परेका छन्। धरान–१३ का हरि कार्कीका अनुसार चैत अन्तिम सातादेखि नै खानेपानी अभाव सुरु भएको हो।...

गुल्मी अस्पतालमा खानेपानी अभाव

गुल्मी – गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेकाे जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ । रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनुभयाे । अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीदेखि ल्याब सञ्चालनमा प्रयोग हुने उपकरणहरू पनि चलाउन समस्या भएकाे उहाँले बताउनुभयाे । आफू अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि दीर्घकालीन...

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

काठमाडौँ,२९ पुष । भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा परेपछि यहाँ बस्न आएपनि उनीहरु खोनेपानीबाट वञ्चित छन् । भूकम्पका कारण गाउँ छाड्न बाध्य इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई सोही गाउँपालिकाको वडा नं […]

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

मान्म- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए। “मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ […]

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी भर्न रातभरी पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । अझ बर्खा लागेपछि स्वच्छ पानी नआउने र धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता छ ।

घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

काठमाडौँ,२५ जेठ । दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी बन्द भएपछि घुर्बिसेपञ्चमी बजारमा खानेपानी अभाव खड्किँदै गएको हो । अहिले निकै कम मात्रै पानी यहाँका धारामा आउने गरेको छ । पानी कम भएपछि पानी […]

खानेपानी अभाव भएपछि गाउँ छाड्ने बढ्दै

संखुवासभा । संखुवासभामा खानेपानी अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् । सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेकालगायत गाउँमा खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् । चैनपुर–१० वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेको वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए । गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् । त्यस्तै, सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राईलगायतको घरपरिवार बसाइँ सरेको छ । झिलझिले गाउँका टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् । चैनपुर नगरपालिकाका करिब २ हजार ५०० घरधुरीमा खानेपानी अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् । पिलुवा खोलामा पानी लिन जाँदा दुई घन्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । खानेपानी अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ । खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोध गरेका  छन् । रासस

चैनपुरका २५ सय परिवारमा खानेपानी अभाव

संखुवासभा – संखुवासभाको चैनपुरका २५ सय परिवारले खानेपानी अभाव झेल्नु परेको छ। गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन्। खानेपानीको चरम अभाव भएपछि पछिल्लो समय बसाइँ सर्न क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका-१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्। वर्षौदेखि खानेपानी अभाव भएको कारण […]

लार्फामा खानेपानी अभाव

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा खानेपानी अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानी अभाव सुरु भएको हो । हिउँदे मौसममा सधैं गाउँमा खानेपानीको अभाव हुने गरे पनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समधान नभएको स्थानीय अमनि विश्वकर्माले बताए ।      ‘लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको समस्या छ’, उनले भने, ‘नजिकै खानेपानीको धारा भए पनि हिउँद याममा सुक्ने भएकाले खानेपानीको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन ।’ गाउँमा सबैको खानेपानीको एउटा मात्र धारा भएका कारणले पानी भर्नका लागि बिहानैदेखि पानी लिन आउनुपर्ने र पालोमा कुर्नुपर्ने पालो मिचिएमा झगडा हुने गरेको विश्वकर्माले बताए । स्थानीय सरकार आउँदा पनि खानेपानीको विषयमा कसैले चासो नदिएको स्थानीय जितन विकको गुनासो छ । लार्फा गाउँमा अहिले गाउँपालिका र गैरसरकारी संस्था हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेको वडा अध्यक्ष बिरी विकले बताए । ‘अबको एक महिनाभित्र गाउँमा खानेपानीको धारा जडान हुन्छ’, उनले भने, ‘लार्फा गाउँका एक घरमा एक धारा निर्माणको अन्तिम तयारी रहेको छ ।’ गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भए लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका लार्फा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्षले विकले जानकारी दिए । रासस