सिन्धुपाल्चोक – मेलम्ची नगरपालिकाले राहतस्वरूप बाढीबाट प्रभावित भएकाको क्षतिको वर्गीकरणअनुसार २५, २०, १५ र १० हजार आर्थिक सहयोग गरेको छ। नगरपालिकाले २८६ जना र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३११ जनाको खातामा रकम जम्मा गरेको मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिए। मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी, सिभिल, कृषि विकास, […]
काठमाडौँ– बाढी पीडित मेलम्ची तथा चामे मनाङवासीलाई नेपाल बैंकले आठ लाख रुपैयाँ सहयोग गरेको छ। मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, पीडित जनतालाई सहयोग गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप चार लाख पचास हजार रुपैयाँ उक्त नगरपालिकालाई […]
मेलम्ची : असार १ गते आएको मेलम्ची बाढीको डुवानमा परेको रेडियो मेलम्ची र बाढी प्रभावित पत्रकारलाई नेपाल पत्रकार महासंघले आर्थिक सहयोग गरेको छ।महासंघ केन्द्र र जिल्ला शाखाले आर्थिक सहयोग उपलब्ध गराएको हो। शुक्रबार महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जिल्ला शाखा अध्यक्ष जीवन श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरे।सोही कार्यक्रममा अध्यक्ष श्रेष्ठले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतिलाई चेक हस्तान्तरण गरे। त्यस्तै बाढीबाट प्रभावित महासंघ सिन्धुपाल्चोक शाखाका पूर्व अध्यक्ष महेश
सिन्धुपाल्चोक । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ । उनीहरुले मेलम्ची नगरपालिकालाई रु दुई करोड तथा पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकालाई रु ५०–५० लाख हस्तान्तरण गरे । काठमाडौँ महानगर र मेलम्ची नगरपालिकाबीच गत पुस २१ गते भगिनी सम्बन्ध स्थापना भएको […]
काठमाडौं। चाँगुनारायण र मध्यपुरथिमी नगरपालिकाले बाढीपहिरा प्रभावितको उद्दार र राहतको लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन्। चाँगुनारायण नगरपालिकाले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।मध्यपुरथिमी नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई ११ लाख ११ हजार १११ को दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
काठमाडौं। सिन्धुलीको मरिण गाउँपालिकाले बाढीपहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन्। दुवै पालिकाले १ लाख ५० हजारका दरले आर्थिक सहयोग गरेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए। अध्यक्ष बस्नेतले मेलम्ची र हेलम्बु पुगेर उक्त रकमको चेक प्रदान गरेका थिए।
सिन्धुली । यहाँको मरिण गाउँपालिकाले बाढी पहिरोबाट क्षति पुगेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् । शुक्रबार मेलम्ची नगरपालिका पुगेका मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले नगरप्रमुख डम्बर बहादुर अर्याललाई १ लाख ५० हजारको चेक प्रदान गरेका थिए। प्राकृतिक विपत्तिबाट क्षति व्योहोरेको हेलम्बु गाउँपालिकालाई पनि १ लाख ५० हजारको चेक प्रदान […]
काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्। मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।