राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्। मेलम्ची नदीमा आएको बाढीले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो।

सम्बन्धित सामग्री

मेलम्चीको बाढी पीडितका लागि २ करोड ३१ लाख सहयोग

असार ३, सिन्धुपाल्चोक । मेलम्ची बाढी पीडितहरूको लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । बिहीबार साँझसम्म २ करोड ३१ लाख सहयोग प्राप्त भएको छ । ‘अहिलेसम्म २ करोड ३१ लाख रकम सहयोगको बचनबद्धता प्राप्त भएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने– ‘केहि रकम आईनै सकेको छ ।’ सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकाले सहयोग गर्ने जनाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् । ‘हामीलाई काठमाण्डौ महानगरपालिकाले २ करोड सहयोग गर्ने पत्र पठाएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले भने– ‘चौतारा साँगाचोकगढी नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोगको वचन दिएका छन् ।’ कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्चीका बाढीपीडितका २० लाख रुपैंया सहयोग गर्ने जनाएको छ । ‘आपत विपद्मा सहयोग गर्नु हामी सबैको दायित्व हो’, नगर प्रमुख कृष्णहरि थापाले भने– ‘मेलम्ची बाढी पहिरोबाट विस्तापितलाई सहयोग पुगोस् भनेर तुरुन्त यो निर्णय गरोका हौं ।’ उनका अनुसार एक दुई दिनमै सो रकम हस्तान्तरण गरिने तयारी गरिएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहगोग गर्ने जनाएको छ । नगर बिहीबार बसेको नगर विपद ब्यवस्थापन समितिको बैठकले नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । ‘हाम्रो जिल्लामा यत्ति ठूलो विपद् पर्दा सो क्षेत्रका स्थानीयलाई केहि मात्रामा भएपनि सहयोग मिलोस् भनेर हामीले ६ लाख रुपैंया प्रदान गर्ने निर्णय गरेका हौं’, चौतारा साँगाचाकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने । त्यस्तै गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएको छ । विपत्तमा परेकाहरूलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं’, चालिसेले भने– ‘यस्तो दुःखद घडीमा राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’ बाढी पीडितहरूलाई विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा सहयोग गरिरहेका छन् । ‘हामीले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरिरहेका छौं’, मेलम्ची विपद् समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने– ‘हामीले राहत प्रदान गर्ने संघ संस्थालाई पनि एकद्वार प्रणालीमार्फत दिन आह्वान गरेका छौं ।’   मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीका कारण तीन जनाको मृत्यु भईसकेको छ भने १७ जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने दुई जना चिनियाँ र एक जना भारतीय नागरिक छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोशी– ७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १–१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १÷१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्की पुलसमेत बगाएको छ ।

मेलम्चीलाई कामपा र गोकर्णेश्वरको आर्थिक सहयोग

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाढी पीडितका लागि राहत तथा उद्धारका लागि काठमाडौं महानगरपालिकाले र काठमाडौंकै गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोगको घोषणा गरेका छन् । बिहिबार कामपाले मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गर्नुभएको हो । गत मङ्गलबार मेलम्ची …

राहत, उद्धारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् । मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गरिने प्रमुख...