काठमाण्डाै - मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् । तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न पाउनेछन् ।
आयोगले चुनावका लागि गएको २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलनको काम स्थगित गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको मिति घोषणा भएको दिन अर्थात गएको १९...