महेन्द्र मोरङ क्याम्पसको बीबीएस पहिलो वर्षमा अध्ययनरत विराटनगर–१८ की रविना कुमारी साह १९ वर्ष लागिन् । नेपालको संविधान अनुसार उनको उमेर मतदानयोग्य भइसकेको छ । तर, उनको मतदाता नामावलीमा नाम नै छैन ।अहिले निर्वाचनको माहौल बढिरहेको बेला कसलाई भोट हाल्ने, कस्ता एजेण्डा ल्याउनेलाई भोट हाल्ने, कुन पार्टीलाई भोट हाल्ने भन्ने विषयमा चिया पसलदेखि घरसम्म चर्चा छ । सबैले भोट यसलाई हाल्ने, उसलाई हाल्ने भन्दै गर्दा उनलाई भने मतदाता नामावलीमा आफ्नो नाम छुटेकोमा थकथकी छ । ‘मतदाता सूचीमा नाम टि