काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी छ। दलहरु चुनावी तयारीमा होमिएका छन्। स्वतन्त्र उम्मेदवारले पनि शनिबार चुनाव चिन्ह पाएसँगै प्रचार थालिसकेका छन्। पौने दुई करोडभन्दा बढी मतदाता वैशाख ३० मा भोट हाल्ने प्रतिक्षामा छन्। तर तपाईं भोट हाल्न मतदान केन्द्र पुग्दा तपाईंको नाममा अर्कैले भोट खसालिसकेको रहेछ भने के होला ? यस्ता घटना नहोलान् भन्न सकिन्न। यस्तो सामान्यतः दुई अवस्थामा हुनसक्छ। पहिलो नाम थर ठेगाना उमेर मिलेको अवस्थामा झुक्किएर र दोस्रो भने