काठमाडौँ : नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ भाउ बढाइएको छ। त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकमा प्रति लिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ ४.५० रुपैयाँ वृद्धि गरिएको