नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाउने निर्णय भएको छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ ...