एक साता नबित्दै भारतमा पाचौँ पटक पेट्रोलको भाउ बढ्यो

काठमाडौं– भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ रुपैयाँ ११ पैसा भएको छ । त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० रुपैयाँ ४२ […]

सम्बन्धित सामग्री

यो साता तोलामा १७ सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । यो साता सुन (Gold)को भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतवार तोलाको १ लाख १० हजार रहेको सुनको भाउ शुक्रवार १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । यस अवधिमा सुनको भाउ उतारचढाव देखियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन आइतवारकै मूल्यमा किनबेच भयो । मंगलवार भने सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेर १ लाख ९ हजार २०० रुपैयाँ कायम भयो । बुधवार भने सुनको भाउ बढ्यो । उक्त दिन सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेर १ लाख ९ हजार ८०० रुपैयाँ तोकियो । भोलिपल्ट (बिहीवार) सुनको भाउ तोलामा १ हजार घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम हुँदा शुक्रवार तोलामा ५०० रुपैयाँ घट्यो ।  यो साता चाँदी (Silver)को भाउ पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । गत आइतवार १ हजार ३८५ रहेको चाँदीको भाउ शुक्रवारसम्म पुग्दा घटेर १ हजार ३४५ कायम भएको छ ।