सत्ता गठबन्धनबीच चुनावमा पनि गठबन्धन गर्ने सहमति भएसंगै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित गर्न नहुने बताउनुभयो । …