तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डाै - महिलाको सुरक्षा र अधिकार, सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार  भन्ने नाराका साथ आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधि सभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्चिता गर्ने आधार संसदबाट निर्माण गरिएको दिनको सम्झनामा हरेक वर्षको जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्...