नेपाली कांग्रेसका नेताहरूले पार्टीमा नातावाद र कृपावाद मौलाउँदा पार्टी कमजोर बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका नेताहरूले थालेको रुपान्तरण अभियानअन्तर्गत मंगलबार काठमाडौंमा भएको वाग्मती प्रदेशस्तरीय भेलामा सहभागी नेताहरूले पार्टीमा अनुचित लाभ लिने, नातावाद र कृपावादलाई प्रोत्साहन गर्ने चरित्र तलदेखि माथिसम्म हाबी रहेको भन्दै अब सच्चिनुको विकल्प नभएको बताए ।