कांग्रेसमा ‘ग्राउन्ड’ को सन्देश- ‘विशेष महाधिवेशन बोलाइयोस्’

नेपाली कांग्रेसका दुई दर्जन नेताहरू ‘कांग्रेस रुपान्तरण अभियान’ लिएर देश दौडाहामा छन् । ती नेताले अभियान कुनै गुट वा नेताबाट परिचालित नभएको दाबी गरे पनि संयोग यस्तो छ कि अभियानमा हिडेका सबैजसो नेताहरू नेता शेखर कोइराला पक्षका छन् ।