गण्डकीमा अक्सिजन र बेड नभएर संक्रमित फर्काउँदै अस्पताल

पोखरा : साउनको पहिलो दिन गण्डकीमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या २ हजार ८२१ थियो । बिहीबारसम्म यो संख्या बढेर ६ हजार ४४७ पुगेको छ । महिना दिन बित्न नपाउँदै झन्डै तेब्बर सक्रिय संक्रमित थपिएका छन् । मृतकको संख्या पनि बढ्दो छ । यही अवधिमा १२१ जनाले ज्यान गुमाइसकेका छन् ।  कोभिड संक्रमण बढिरहँदा खोप अभियान…

सम्बन्धित सामग्री

जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु बेड तयार

सर्लाही : कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा फैलिएपछि सर्लाही जिल्ला अस्पताल मलंगवामा १७ वटा एचडियु (हाइ डिपेन्डेन्सी युनिट) बेड तयार पारिएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका विरामीको उपचारका लागि १७ वटा एचडियु बेड छुट्याएर राखिएको जानकारी दिए।अस्पतालमा ६५ थान अक्सिजन सिलिन्डर र ४० वटा अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको अस्पतालका मेसु डा. झाले बताए।जिल्लामा अहिले तेस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट ३६ जना स

हेटाैंडा : अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्छन् कोरोना संक्रमित

हेटौंडा : गत सोमबार बिहान १० बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा एउटा एम्बुलेन्स रोकियो। एम्बुलेन्सले भीमफेदी गाँउपालिका-६ की ८६ वर्षीय कोरोना संक्रमित वृद्धालाई ल्याइएको थियो। स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको अवस्थामा अस्पताल आइपुगेकी उनलाई राख्ने बेड अभाव भयो। १० वटा बेड रहेको इमर्जेन्सी वार्डमा कुर्सीमा समेत राखेर १४ जनाको उपचार गरिँदै थियो भने अन्य बेड संक्रमितले भरिएका थिए।अक्सिजनको लेभल ६५ मात्रै रहेकी उनलाई एम्बुलेन्सभित्रै अक्सिजन दिने र अन्य उपचार गर

वीर अस्पतालको कन्तबिजोग शय्या छ अक्सिजन छैन

काठमाडौं, जेठ २ । सरकारको गैरजिम्मेवारपनका कारण काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेको छैन । अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको छ । तर, अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन सकेका छैनन् । ट्रमा सेन्टरलाई […]

बाध्यकारी अस्पताल, निरिह जनता, टेकु अस्पतालको सचीत्र (फाेटाेफिचर)

दिनप्रतिदिन बढिरहेको कोरोना संक्रमणका कारण सामान्य जनताले अस्पतालमा बेड र अक्सिजन पाउन मुस्किल भइरहेको छ । अक्सिजनकै  अभावमा धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । संक्रमित र मृतको संखया हेर्ने हो...

पर्वत अस्पतालमा २० बेड थपिए

पर्वत । कोभिड–१९ का संक्रमित बिरामीको संख्या दैनिक बढ्दै गएपछि पर्वत अस्पतलामा शय्या थप गरिएको छ । जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालबाट आवश्यक पलङ, लत्ताकपडालगायत सामग्री लगेर २० बेड थपिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । अस्पतालले सञ्चालनमा ल्याएको १० शय्या क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको हो । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले त्यहीकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा सिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा कुश्मा नगरपालिकाले पनि खर्च वहन गर्ने गरी २० शय्या विस्तार गरिएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिनेछ ।  स्वास्थ्यकर्मीबिना अक्सिजन मात्र दिएर बिरामी ठीक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले बताए । उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वतका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकै दिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ, नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंका अस्पतालहरुमा सकिँदै अक्सिजन, भन्न थाले : बिरामीलाई अन्यत्र लैजानुस्

काठमाडौं : कोरोना भाइरस संक्रमणको नयाँ लहर फैलिएसँगै अहिले देशभरका अधिकांश अस्पताल बिरामीले भरिएका छन्। दैनिक करिब ३ हजारको संख्यामा संक्रमित पहिचान भइरहेको काठमाडौं उपत्यकामा समेत अस्पताल भरिएका छन्। जसकारण संक्रमितहरुको उपचार प्रभावित भएको छ। अस्पतालमा बेड र अक्सिजन खोज्दै गर्दा संक्रमितको ज्यान जाने र अवस्था गम्भीर हुने क्रम बढेको…

शिक्षण अस्पतालमा संक्रमितलाई सकस, बेड नपाउँदा बाहिरै 'अक्सिजन सपोर्ट'

लीलाराम तिवारीको श्रीमतीलाई एक हप्ताअघि कोरोना संक्रमण देखियो। काठमाडौंमा संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। संक्रमित श्रीमतीलाई गाह्रो भएपछि तिवारीले महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल लगे।  जब अस्पताल पुगे आफूले सोचेको जस्तो अवस्था पाएनन्। संक्रमितले भरिँदा अस्पतालका बेड खाली थिएनन्। अस्पतालभित्र बेड नपाएपछि परिसरमै बेड राखेर श्रीमतीको उपचार…

बेलझुण्डीले काेराेनाका नयाँ संक्रमितलाई भर्ना नलिने

दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले कोरोना संक्रमणका नयाँ बिरामीलाई भर्ना नलिने भएको छ। अक्सिजन अभावको कारण देखाउँदै अस्पतालले नयाँ संक्रमितको भर्ना नलिने जनाएको हो।अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावले गर्दा नयाँ संक्रमितको भर्ना नलिने जानकारी दिए। अस्पतालमा हाल एकसय बेड सञ्चालन भइरहेपनि अहिले ५७ जना कोरोना संक्रमित उपचाररत छन्।उनले अस्पतालमा अक्सिजनको सहज र प्रयाप्त उपलब्धता नभएकोले कसैले पनि संक्रमितलाई भर्नाको लागि सिफारिस र दबाब नगरी दिन समेत अनुरोध गरेका छन्। उनले भ

बेड भरिए, भुइँमै उपचार

अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ । ३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ । अस्पतालको अति आवश्यक खर्च महिनामा १ करो

नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

९ वैशाख, काठमाडौं । ‘अस्पताल ल्याइएको बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुन्छ । तत्काल अक्सिजन दिएर उपचार गराउनुपर्ने अवस्थाका बिरामीलाई पनि बेड छैन भन्नुपर्ने हाम्रो बाध्यता छ ।’  भेरी अस्पतालको कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माको यो भनाइले कोरोना संक्रमणको हटस्पट बनेको बाँकेको अवस्था दर्शाउँछ । हरेक दिन सय भन्दा बढी संक्रमित थपिएका छन् । उनीहरुमध्ये […]