पर्वत अस्पतालमा २० बेड थपिए

पर्वत । कोभिड–१९ का संक्रमित बिरामीको संख्या दैनिक बढ्दै गएपछि पर्वत अस्पतलामा शय्या थप गरिएको छ । जिल्ला अस्पतालको कोभिड–१९ वार्डमा रहेका १० बेड बिरामीले भरिएपछि थप २० वटा बेड थप गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष सदरमुकामकै गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालबाट आवश्यक पलङ, लत्ताकपडालगायत सामग्री लगेर २० बेड थपिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए । अस्पतालले सञ्चालनमा ल्याएको १० शय्या क्षमताको कोरोना संक्रमित उपचार कक्ष सोमबार नै भरिएको हो । अस्पतालमा रहेका सबै कोभिडका बिरामीले त्यहीकै अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन तथा सिलिन्डरबाट अक्सिजन लिएर उपचार गरिरहेका छन् । कोरोना संक्रमितको बढ्दो संख्यालाई ध्यानमा राखेर पर्वत अस्पतालमा कुश्मा नगरपालिकाले पनि खर्च वहन गर्ने गरी २० शय्या विस्तार गरिएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिए । थपिएका बेडमा समेत स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा बिरामीको उपचार गरिनेछ ।  स्वास्थ्यकर्मीबिना अक्सिजन मात्र दिएर बिरामी ठीक हुने अवस्था नभएको र अहिले अस्पतालमा रहेको जनशक्ति अपुग हुने अवस्था आएको अस्पतालका अध्यक्ष पहाडीले बताए । उनका अनुसार थप हुने बिरामीको उपचारका लागि थप बजेट र जनशक्ति आवश्यक पर्ने भएकाले प्रदेश सरकार र पर्वतका नगरपालिका तथा गाउँपालिकाबाट आवश्यक सहयोगका लागि आह्वान गरिएको छ । पर्वतमा पछिल्लो साता कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । सोमबार एकै दिन ८१ जनामा संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म पर्वतमा ३ सय ४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए । उनका अनुसार २ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी २८ जनाको जिल्ला अस्पताल र गाउँ, नगरपालिकाका अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित सामग्री

पर्वतमा २३ हजार मतदाता थपिए

पर्वत गत स्थानीय तहको निर्वाचनमा भन्दा पर्वतमा यसपटक २३ हजार मतदाता बढेका छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता अध्यावधिक गर्दा १ लाख २२ हजार ५० मतदाता कायम भएको हो । पर्वत जिल्लामा गत निर्वाचनमा ९९ हजार २ सय ४३ मतदाता रहेकोमा अहिले बढेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । दाबीविरोधमा […]

पर्वतमा थपिए १५ हजार नयाँ मतदाता

पर्वत । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन् । जिल्लामा २०७४ सालको स्थानीय तहको निर्वाचनपछि १४ हजार ६ सय ९० मतदाता थप भएका हुन् । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका १ लाख २१ हजार ९ सय ९० […]

पर्वतमा थपिए झण्डै १५ हजार मतदाता

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा पर्वतमा करिब १५ हजार मतदाता थप भएका छन्।जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख २१ हजार नौ सय ९० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। जबकि २०७४ सालमा १८ वर्ष पूरा गरेका एक लाख सात हजार तीन सय जनाले नाम दर्ता गराएका थिए। तथ्यांक अनुसार जिल्लामा कुल १४ हजार छ सय ९० जना थप भएका हुन्।स्थानीय तह अनुसार हेर्दा अहिले कुश्मा नगरपालिकामा ३१ हजार तीन सय २४ जना, जलजला गाउँपालिकामा १६ हजार तीन स

गण्डकीमा ४९६ सङ्क्रमित थपिए

कास्की- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज […]

गण्डकीमा १० सङ्क्रमितको मृत्यु, ३ सय बढी थपिए

पर्वत : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप १० जनाको मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार विभिन्न एक जनाको आइसोलेसनमा बसिरहेको अवस्थामा र ९ जनाको अस्पतालमा रहेर उपचार चलिरहेकै बेलामा मृत्यु भएको हो।मृत्यु भएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–१० की ५० वर्षीया महिलाको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको छ। ती महिलामा गत साउन १२ गते सङ्क्रमणको पुष्टि

गण्डकीमा थप १९ को मृत्यु, एक हजार ५३ सङ्क्रमित थपिए

पर्वत : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा यसको पुष्टि गरिएको छ। थपिएका १९ जनासँगै गण्डकीमा कोरोना संक्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या चार सय ९२ पुगेको छ।मृत्यु भएकाहरूमा पर्वतका तीन जना, तनहुँका तीन जना, कास्कीका नौ जना, स्याङ्जाका दुई जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का दुई जना

गण्डकीमा बुधबार ३ सय ८ संक्रमित थपिए, दुई जनाको मृत्यु

पर्वत : गण्डकी प्रदेशमा हालसम्मकै उच्च बुधबार कुल तीन सय आठ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितहरुको कुल सङ्ख्या १८ हजार दुई सय ५९ पुगेको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विभिन्न विज्ञप्तिहरूमा यसको पुष्टि गरिएको छ।निर्देशनालयका अनुसार थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकामा तीन जना, कावासोती नगरपालिकामा तीन जना र मध्यविन

गण्डकी प्रदेशमा सोमबार मात्र थपिए १ सय १ जना कोरोना संक्रमित

पर्वत : गण्डकी प्रदेशमा सोमवार थप एक सय एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विज्ञप्तिमा योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या १७ हजार ८ सय एक पुगेको छ।निर्देशनालयद्वारा जारी सोमबारको दोस्रो विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू हुप्सेकोट गाउँपालिकाका दुई जना, कावासोती नगरपालिकाका दु

गण्डकीमा शुक्रबार मात्रै १०८ कोरोना संक्रमित थपिए

पर्वत : केही समयदेखि संक्रमणको दर निकै घटेको गण्डकी प्रदेशमा परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार मात्रै प्रदेशका विभिन्न जिल्लाहरूमा गरेर एक सय आठ जनामा संक्रमणको पुष्टि भएको छ।निर्देशनालयका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदबिन्दु शर्माद्वारा जारी गरिएको शुक्रवारको पहिला विज्ञप्तिमा दुई जिल्लाका १६ जनामा संक्रमणको पुष्टि गरिएको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभि

पर्वतमा ७४ मतदानस्थल, ७ हजार मतदाता थपिए

पर्वत, कात्तिक २५ – आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि पर्वतमा ७४ वटा मतदानस्थल कायम भएको छ ।  पर्वतका दुई नगर...