राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि ई–पासपोर्ट जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्।
यसले गर्दा व्यक्ति झुक्किने हुँदैन। मेसिनले पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने ‘सेन्सर’ गर्ने हुनाले यसबाट दुरुपयोग रोकिने उनले बताए। उनका अनुसार एक व्यक्तिको पासपोर्टमा अर्को उड्ने सम्भावना न्यून हुन्छ। उक्त मेसिनमा एकपटक त्यस्तो पासपोर्ट प्रयोग...