मनसुनजन्य विपद्ले बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। अस्थायी मर्मतपछि यातायात सञ्चालन भए पनि सडक पुनर्निर्माण र जोखिम नियन्त्रणका लागि तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजनाले जनाएको छ। गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढी, पहिरो र कालीगण्डकी नदीको कटानले सडकमा व्यापक क्षति गरेको हो। आयोजना […]
झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातः कालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनीलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको […]
आश्विन शुक्ल नवमीका अवसरमा आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ। नवरात्रको अन्तिम दिन देवी मन्दिर, शक्तिपीठ, दशैँघर र कोतमा परम्पराअनुसार पूजा गरिन्छ। महानवमीकै अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एक दिन महानवमीमा मात्रै सर्वसाधारणले प्रवेश पाउने यो मन्दिर बिहान ५ बजेदेखि खुलेको […]
काठमाडौँ । नेपाली सेनाले बडादसैँको अवसर पारेर आफ्ना विभिन्न पृतना, गण, गुल्म तथा ऐतिहासिक कोतहरूमा परम्परागत विधिपूर्वक मौलो तथा निशान पूजा सम्पन्न गरेको छ । राष्ट्रिय सुरक्षा र शक्तिको प्रतीकका रूपमा लिइने हातहतियार, तोप तथा पल्टनको पहिचान झल्काउने निशान झण्डाको विधिवत् पूजाआराधना गर्दै सेनाले शताब्दीयौँ पुरानो सैन्य परम्परालाई निरन्तरता दिएको हो । दशैँको महाअष्टमी र […]
काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्। मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण […]