आश्विन शुक्ल नवमीका अवसरमा आज देशभर नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइँदैछ। नवरात्रको अन्तिम दिन देवी मन्दिर, शक्तिपीठ, दशैँघर र कोतमा परम्पराअनुसार पूजा गरिन्छ। महानवमीकै अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एक दिन महानवमीमा मात्रै सर्वसाधारणले प्रवेश पाउने यो मन्दिर बिहान ५ बजेदेखि खुलेको […]