महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायत सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्। मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण […]