क्षति करिब एक अर्ब, पुनर्निर्माणमा चार अर्बसम्म चाहिने : कोरला सडकमा यात्राको समय तेब्बर

मनसुनजन्य विपद्ले बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। अस्थायी मर्मतपछि यातायात सञ्चालन भए पनि सडक पुनर्निर्माण र जोखिम नियन्त्रणका लागि तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने आयोजनाले जनाएको छ। गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढी, पहिरो र कालीगण्डकी नदीको कटानले सडकमा व्यापक क्षति गरेको हो। आयोजना […]