सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकामा कांग्रेसकाे जित

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिकामा कांग्रेसले जित हात पारेकाे छ । पालिकाकाे अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी हुनुभएकाे छ । उहाँले २ हजार ६ सय ५ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी एमालेका अमृत खड्काले २ हजार ४८ मत प्राप्त गर्नुभयाे । उपाध्यक्ष कांग्रेसकै दिछेन शेर्पा विजयी हुनुभयाे । उहाँले २ हजार ७ सय १२ मत प्राप्त गर्नुभयाे ।

सम्बन्धित सामग्री

भोटेकोशी किनारमा सावधान रहन आग्रह

रसुवा : भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज (बुधबार) अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो।अहिले भोटेकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ। बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्

भोटेकोशी गाउँपालिकामा यस्तो छ पछिल्लो मत परिणाम

भोटेकोशी गाउँपालिकामा पछिल्लो मतपरिणामअनुसार अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । भोटेकोसी गाउFपालिकामा वडा नम्बर १ र वडा नम्बर  २ को मत गणना भएको छ । अध्यक्ष रुख–४६८सूर्य– ४४५हसिया हथौडा – ४८२कलम–३९उपाध्यक्ष -रुख ५५१-सूर्य ५८५हँसिया हथौडा ३८२

यी हुन् भोटेकोशी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री

काठमाडौं, ६ बैशाख । जनता कोभिड–१९ को त्रास र भोकमारीमा पिल्सिरहेका बेला बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री अरुण भोटेकोशी नदी किनारमा झन्डै ४ करोड स्विमिङ पुल बनाएको खुल्न आएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा उक्त स्विमिङ पुल बनेको हो । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले निरीक्षण गरेपछि स्विमिङ पुलमा राज्यको […]

आइपिओ जारी गर्दै मध्य भोटेकोशी

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ।...

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि ३२ गतेसम्म बिक्रि गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १८० कित्तासम्मका लागि आवेदकको माग बमोजिम शेयर बितरण गरेको छ । बैंकले १९० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट २३ सय १३ जनालाई गोलाप्रथाबाट र थप १० कित्ताको […]

मध्य भोटेकोशी नौ वर्षमा ६५ प्रतिशत मात्र

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको  नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा  अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए ।६ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९को सङ्क्रमणका कारण काम पछि धकेलिँदै गएको छ । हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु प

मध्य भोटेकोशी जलविद्युतको आईपीओ आवेदन आइएमई पेबाट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइएको आइएमईले जनाएको छ ।आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका

खुल्यो मध्य भोटेकोशी जलविद्युतको आईपीओ, कति दिने आवेदन ?

मंगलवारदेखि (वैशाख २१) मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । ६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थ...