१६ असोज, काठमाडौं । नेपाली महिला भलिबलमा अहिले चर्चित खेलाडीको रुपमा छिन् स्पाइकर उषा भण्डारी । १४ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गरेकी उषा सानो उमेरमै नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण हिस्सा बनिसकेकी छन् ।
यसअघि स्टार …
काठमाडौं (हाम्रो खेलकुद) – किहुँ अरुणोदय समाज काठमाडौंले नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी र बक्सिङका रविन थापालाई सम्मानित गरेको छ । गण्डकी प्रदेशको तनहुँ जिल्लाका साविकका गाविसहरुबाट काठमाडौं आईं बस्नेहरुले वि.स. २०७६ मा गठन गरेको संस्था किहुँ अरुणोदय समाजले उषा र रविनलाई आ–आफ्नो खेलमार्फत देशसँगै तनहुँको नामसमेत उँचो पारेको भन्दै प्रोत्साहनस्वरुप जनही […]
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपालका पाकिस्तानी मुवासर राजा र नेपाल पुलिस क्लबक स्पाइकर उषा भण्डारी सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उषा महिलातर्फ तथा राजा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । उषाले पुलिसलाई १० वर्षपछि च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् […]
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल पुलिस क्लबकी ओपन स्पाइकर उषा भण्डारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ सर्वाेत्कृष्ट खेलाडी बनेकी छन् । पुलिसलाई च्याम्पियन बनाउने क्रममा उषाले प्रतियोगिता भर तीन खेल खेल्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै उषाले ५ हजार रुपैयाँसँग ट्रफी प्राप्त गरे । यस्तै उत्कृष्ट प्रशिक्षक […]
नेपाली राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्स क्लबले माल्दिभ्समा जारी भलिबल एसोसिएसन कप–२०२२ मा विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा सिफाइन्सले क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा पराजित गर्यो । सुरुआतबाटै विपक्षीलाई दबाबमा राखेको सिफाइन्सले खेलमा २५–५, २५–१३, २५–९ सहज हात पार्यो । स्पाइकर उषाले पहिलो पटक माल्दिभ्समा लिग खेलेकी हुन् । उषासँगै नेपाल पुलिस क्लबकै कामना विष्टले माल्दिभ्सको लिग खेल्दैछिन् । कामन
नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेकी छिन् । मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । नेपाल पुलिस क्लबकी उषा र कामना उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् ।उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने छिन् । यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन् । दुबै खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन् ।
३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका दुई खेलाडी उषा भण्डारी र कामना विष्टले माल्दिभ्समा व्यवसायिक भलिबल लिग खेल्ने भएका छन् । नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्दै आएका दुवै खेलाडी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ खेल्न मंगलबार माल्दिभ्सको माले प्रस्थान गरिसकेका छन् । नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्व खेलाडी […]