कामना र उषाले माल्दिभ्सको भलिबल लिग खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । दुबै खेलाडी प्रतियोगिताका लागि मंगलबार माले प्रस्थान गरेकी छिन् । मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । नेपाल पुलिस क्लबकी उषा र कामना उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् ।उषाले माल्दिभ्स नेशनल डिफेन्स फोर्सबाट खेल्ने छिन्  । यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन् ।  दुबै खेलाडीले पहिलो पटक लिग खेल्न लागेका हुन् । 

सम्बन्धित सामग्री

उषा र कामनाले माल्दिभ्समा भलिबल लिग खेल्ने

३ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका दुई खेलाडी उषा भण्डारी र कामना विष्टले माल्दिभ्समा व्यवसायिक भलिबल लिग खेल्ने भएका छन् । नेपाल पुलिस क्लबबाट घरेलु भलिबल खेल्दै आएका दुवै खेलाडी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ खेल्न मंगलबार माल्दिभ्सको माले प्रस्थान गरिसकेका छन् । नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक तथा राष्ट्रिय टिमका पूर्व खेलाडी […]