विराटनगर उपमहानगर–४ खारजी कोहबरा सुकुमबासी टोलका हिरालाल ऋषिदेवले ३ वर्ष पहिले शौचालय बनाउन भनेर इँटा ल्याए । तर, अर्काको जग्गामा बसेका उनलाई जग्गाधनीले पक्की शौचालय बनाउन दिएनन् । मंसिर ४ गते निर्वाचनले हिरालालको टोलमा पनि घर घरमा झण्डा टाँग्ने होडबाजी चलेको छ । आइतबार बिहानै सीके राउतका राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले चुनावचिन्ह अंकित झण्डा टोलै भरी छोडेर हिँडेका छन् ।हजुरबाको पालादेखि कुनै एक पार्टीमा भोट हालेको बताउने मोरङ निर्वाचन क्षेत्र नम्बर –६ का उनले मात्र आश