काठमाण्डौ – गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको हो ।
जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिने र विपक्षी गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि पनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही मतदानकै दिन अस्पताल भर्ना भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । जनमोर्चाक...