काठमाण्डाै – नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयको समस्या थोरै औषधिले निको नहुने बताउनुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै उहाँले अब उच्च शिक्षा बदल्नका लागि त्रिविकाे पुनर्संरचना गर्नु आवश्यक भएको बताउनुभयो ।
पोखरेलले विश्वविद्यालयमा धेरै काम सेटिङमा हुने भएकाले प्रश्नपत्र बाहिर आउनु एउटा सानो सेटिङ मात्रै भएको दाबी गर्नुभयो । उहाँ...