इजरायलको लागि अनलाईन आवेदन दिने प्रणालीको सर्भरमा क्षति, अनलाईन आवेदन रोकियो

काठमाडौं। वैदेशिक रोजगार विभागले इजरायलमा नेपाली सहायक कामदार पठाउनको लागि सञ्चालन गरेको अनलाइन आवेदन दिने प्रणालीको सर्भरमा क्षति पुगेको छ। हिजो राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको‘जीआइडीसी’मा विद्युतमा गडबढी हुँदा सर्भरमा क्षति पुगेको हो। सर्भरमा क्षति हुँदा अनलाइन आवेदन दिने कार्य अवरुद्ध भएको छ।“प्रणाली चाँडै सुचार गराउने कार्यका लागि आवश्क सबै पहलहरु भैरहेका व्यहोरा समेत अवगत गराउन चाहन्छौं,”विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालय र ज्ञान बजार अनलाईन बीच सम्झौता सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र ज्ञान बजार अनलाईन प्रालिका अध्यक्ष ऋतिक बाबु श्रेष्ठले अनुसन्धानमुलक शोधपत्र, लेख तथा रचनाहरुको अन्तरविश्वविद्यालय रुपमा सहज पहुँचका लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । उपकुलपतिको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा...

डिजायर अनलाईन सपिङको ठगी धन्दाः देखाउने एउटा सामान, पठाउने अर्को

काठमाडौं, ५ असोज । डिजायर अनलाईन सपिङले अनलाईन व्यापारको नाममा ठगी धन्दा चलाएको पाइएको छ । सामाजिक सञ्जालमार्फत विभिन्न सामाग्रीहरुको प्रचार-प्रसार गर्ने र उपभोक्तासँग अग्रिम भुक्तानी लिएपछि समयमा सामान डेलिभरी नदिने, अर्कै क्वालिटीको सामान पठाउने र ड्यामेज पठाउनेजस्ता काम गरेर उक्त अनलाईन सपिङले उपभोक्तालाई ठगी गरेको पाइएको हो । उक्त अनलाईन सपिङबाट ठगिएपछि हाम्रो सम्पर्कमा […]

३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू

चौतारा – सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले यो काम सुरू गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारीले एम्बुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्बुलेन्सको वास्तविक स्थान र अवस्था […]

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित

विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित भएको छ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि. र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको ई-हेल्थ एन्ड टेलिमेडिसिन प्रोग्रामको तर्फबाट संयुक्त रूपमा जिभि अनलाईन हेल्थ केयर प्लेटफर्मलाई अवार्ड प्रदान गरिएको हो । नेपालमा पहिलोपटक आयोजना...

मंगलबारदेखि पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने

काठमाडौं। मंगलबारदेखि पासपोर्टको लागि अनलाईन फारम भर्न सकिने छ। एकैदिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सभामुखविरुद्ध महाअभियोग प्रस्ताव अघि बाढाउन नेपाल बार एसोसिएसनले सभामुख अग्नी सापकोटालाई आग्रह गरेको छ। काभ्रेस्थलीको घटनास्थलमा फरेन्सिक टोली पुग्यो । धौलागिरी लघुवित्तको आईपीओ साउन २४ गते निष्काशन हुने भएको छ।

काठमाडौंबाट अनलाईन बिङ्गो खेल्ने १६ जना पक्राउ

काठमाडौं, २१ चैत्र । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको […]

सांसदको माग, अनलाईन खेल बन्द गरियोस्

काठमाडौं।सांसद आशा कुमारी विकले तत्काल अनलाईन खेल बन्द गर्न माग गरेकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्नु सुखद भएपनि पब्जी र फिरफायर जस्ता खेलको कुलतमा बालबालिका र युवा परेको बताइन्। उनीहरु डराउने झस्कने तथा जिद्दिपन जस्ता स्वभाव बढेको बताउँदै उनले बच्चाको स्वभावले आमाबाबुलाई समेत असर पर्ने बताइन्। उनले भनिन्, “अभिवावक न्याय खोज्दै अदालत जाने अवस्था नआउनेस्।’

साढे ६ लाख पुग्यो अनलाईन कारोबारीको संख्या

काठमाडौं। सेयर बजारमा अनलाईनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्या ६ लाख ६० हजार पुगेको छ। नेपाल धितोपत्रबोर्डले जानकारी दिएअनुसार जेठससम्ममा उक्त लगानीकर्ता अनलाईन कारोबार प्रणालीमा आबद्ध भएका हुन्। यस्तो संख्या गत वर्ष २०७७ को असार महिनासम्ममा जम्मा ३५ हजार थियो।

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको माग

नेपाल पत्रकार महासंघको निर्वाचनमा अनलाईन भोटिङ्गको व्यवस्था गर्न माग गरिएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाको शनिबार सम्पन्न चौथो अधिवेशन पछि जारी घोषणापत्रमा प्रवासमा क्रियाशील रहेका पत्रकारहरुलाई आगामी केन्द्रीय महाअधिवेशनमा सहभागी गराउन अनलाईन भोट...