नेपालका लागि चिनियाँ राजदूत चेन सङले पुस २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएर जिम्मेवारी सम्हाल्दा नेपालमा पुष्पकमल दाहाल भर्खरै प्रधानमन्त्री चयन भएका थिए । चेनले नेपालको जिम्मेवारीलाई कसरी लिएका छन् ? नेपाल–चीन रेलमार्ग तथा सीमानाका सञ्चालनमा भएका प्रगतिबारे उनको बुझाइ के छ ? चीनले छिट्टै चिनियाँ पर्यटक नेपाल पठाउला त ?