काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार आठ घन्टासम्म चलेको एन्फाको कार्यसमिति बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोपमा जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाएको एन्फाले जनाएको छ । ‘च्याट ग्रुपका विषयमा स्पष्टीकरण सोध्दा …