काँग्रेस सर्लाहीको निर्वाचन स्थगित

नेपाली काँग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए । उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो । निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय

सम्बन्धित सामग्री

विवादका कारण काँग्रेस सर्लाहीको निर्वाचन स्थगित

नेपाली काँग्रेस सर्लाहीको सोमबारका लागि तय भएको निर्वाचन स्थगित भएको छ । पार्टीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान समय तोकिएको थियो । पार्टीको दुई समूहबीच विवाद भएपछि निर्वाचन समितिले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरेको जनाएको छ ।

इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित

इन्जिनियर्स एसोसिएशनको निर्वाचन स्थगित भएको छ । कोभिड १९ को संक्रमण बढेपछि यही माघ ७ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको हो । इन्जिनियर्स एसोसिएशनका निर्वाचन समिति संयोजक घनश्याम भट्टराईले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका छन् ।एशोसिएशनको ३३ औँ कार्यकारिणी समिति, सातै प्रदेशको दोस्रो कार्यकारिणी समितिका लागि निर्वाचन गर्ने तयारी थियो । एशोसिएशनको अध्यक्षका लागि लोकतान्त्रिक समूह र प्रगतिशील समूह प्यानल बनाएका थिए ।। काँग्रेस निकट लोकतान्त्रिक समूहबाट दुई वटा प्यानल थि

लफडा भएको बझाङमा काँग्रेस जिल्ला अधिवेशन तय

नेपाली काँग्रेसको बझाङको जिल्ला अधिवेशन असोज २१ गतेका लागि तय भएको छ । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत बझाङ पुगेसँगै नयाँ मिति तय भएको हो । यसअघि निर्वाचन गर्न खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट विभिन्न धम्की आएपछि ‘सम्पर्कविहीन’ भएपछि केन्द्रीय निर्वाचन समितिले पुष्कर महर श्रेष्ठलाई बझाङ पठाएको हो ।   विवादकै कारण असोज १७ गते तोकिएको निर्वाचन स्थगित भएको थियो । आज जिल्लाका सबै अग्रज नेताहरुको बैठक बसी असोज २१ गते जिल्ला निर्वाचन गर्ने निर्णय भएको जिल्ला स्तरका नेताहरुको  भनाई...

लमजुङ काँग्रेसमा विवाद : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा  मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो ।उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार श्रीकृष्ण पौडेलले बताए ।‘कानूनी रुपमा वैधानिक नहुने गरी मतपत्रमा मतदान गर्ने कोलम नै नराखि मलाई हराउने

डडेलधुरामा सुरु भयो नेपाली काँग्रेस वडा अधिवेशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँंग्रेसको वडा अधिवेशन सुरु भएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निर्वाचन निर्देशिका विपरीत वडा अधिवेशन स्थगनको एक लौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिका अनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ ।