नेपाली काँग्रेसको बझाङको जिल्ला अधिवेशन असोज २१ गतेका लागि तय भएको छ । केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृत बझाङ पुगेसँगै नयाँ मिति तय भएको हो ।
यसअघि निर्वाचन गर्न खटाइएका निर्वाचन अधिकृत चेतराज भट्ट विभिन्न धम्की आएपछि ‘सम्पर्कविहीन’ भएपछि केन्द्रीय निर्वाचन समितिले पुष्कर महर श्रेष्ठलाई बझाङ पठाएको हो ।
विवादकै कारण असोज १७ गते तोकिएको निर्वाचन स्थगित भएको थियो ।
आज जिल्लाका सबै अग्रज नेताहरुको बैठक बसी असोज २१ गते जिल्ला निर्वाचन गर्ने निर्णय भएको जिल्ला स्तरका नेताहरुको भनाई...