शताब्दीकै संकटकालका रूपमा आएको कोरोना भाइरस, यसले निम्त्याएको आर्थिक मन्दी र यसपछिको आर्थिक सुधारका पक्षहरूमा हामीले नेपालमा चाल्नुपर्ने कदमहरूका बारेमा बहस गर्नु जरुरी छ । के हिजो हाम्रो अर्थतन्त्र सबल थियो र ? के यो कालखण्डले निम्त्याएको मन्दीमा हाम्रो अवस्थालाई हामीले कसरी प्रक्षेपण गरेका छौं । कोरोनाको महामारीबाट जुधिरहेको विश्वतन्त्र र हाम्रो देशलाई सहयोग गरिरहेका दातृ देशहरूको अवस्था पुरानै प्रकारको सोचमा रहलान् । यस्ता अनेकन् प्रश्नहरू हाम्रो सामु खडा भएका छन् । हामीले हाम्रो देशको अर्थतन्त्रलाई सबलीकरण गर्न के हाम्रो देशका बैंकहरूको क्षमतामा भर पर्न सक्ने अवस्थामा हामी छौं ?