अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको स्थिति नियन्त्रण बाहिर नरहेको बताएका छन्। केही समस्या गम्भीर रहेपनि अर्थतन्त्रको परिस्थिति नियन्त्रण बाहिर भने गइ नसकेको उनको भनाइ छ। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ...

सम्बन्धित सामग्री

अर्थतन्त्र नियन्त्रण बाहिर छैन : अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताए ।  निजी क्षेत्रका मागप्रति सरकार कति […]

कोरोनाको सामना गर्ने बजेट ल्याउछौं : अर्थमन्त्री पौडेल

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको महामारीलाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन् ।अर्थ मन्त्रालयमा पदबहाली अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोरोनाको महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरूत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने बताएका हुन् ।उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै […]

कोभिड - १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

वैशाख ३१, काठमाडौं  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड - १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।   अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड- १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताए ।  उनले कोभिड- १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड- १९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताए।  अर्थमन्त्री पौडेलले कोभिड- १९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।   पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।   पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।

राजस्व चुहावट नियन्त्रण गर्न सबैको पहल आवश्यकः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रुपमा प्रस्तुत हुने बताएक्ँ छन् ।“राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौं, शक्तिका साथ प्रस्तुत हुन्छौं, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौं ।”अर्थमन्त्री पौडेलले निर्दोष नपरुण र दोषीले उन्मुक्ति […]

राजस्व बढाउन करका दायरा बिस्तार र चुहावट नियन्त्रण आवश्यक : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन् ।नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताए । […]

करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल

करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल अर्थ

अर्थमन्त्री पौडेलसँग भारतीय राजदूत क्वात्राबीच भेट

अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिए ।अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री पौडेलले भूकम्प […]