नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले काँग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए ।“नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ”, उनले भने । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गरे । लोकतन्त्र र पार्टीको आदर्श