सकारात्मक सोचले सफलता मिल्छ

एजेन्सी, ५ असार । सकारात्मक सोच भएका मानिसहरूलाई ठूलो सफलता मिल्छ । यदि कुनै पनि काम नकारात्मक सोचका साथ गरिन्छ भने सफल हुने सम्भावना निकै कम हुन्छ । राम्रो कुरा बारम्बार पढेर सुन्ने हो भने हाम्रो सोच सकारात्मक हुन थाल्छ । यस सम्बन्धमा सन्त कबीरको एउटा भनाई धेरै प्रसिद्ध छ। कबीरको प्रवचन सुन्न दिनहुँ एकजना […]

सम्बन्धित सामग्री

नीतिगत निरन्तरता सकारात्मक

नयाँ अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतको पहलमा गर्न लागिएको लगानी सम्मेलनलाई सफल बनाउन कूटनीतिक प्रतिनिधिहरूसँग भेटघाट गरी आग्रह गरेका छन् । सत्तासमीकरण परिवर्तन भएर नेपाली कांग्रेसका महतले चलाएको अर्थमा एमाओवादीबाट पुन आएका छन् । यससँगै लगानी सम्मेलन हुन्छ कि हुँदैन भन्ने आशंका जन्मिएको थियो किनभने विगतमा मन्त्री फेरिएपछि नीति र कार्यक्रम फेरिने गरेको थियो । तर, अहिले पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति र कार्यक्रम कार्यान्वयनमा पनि उत्तिकै सक्रियता देखियो भने यसले सकारात्मक सन्देश प्रवाह गर्छ ।  पुनले लगानी सम्मेलनलाई सफल बनाउन प्रयास गरेको देखिन्छ । त्यस्तै निवर्तमान अर्थमन्त्रीले संसद्मा पेश गरेको बजेटका प्राथमिकता तथा नीति र कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ र संसद्मा यसमा छलफल भइरहेको छ । यद्यपि यसलाई फिर्ता लिन कानूनी अड्चन देखिन्छ । नीति र कार्यक्रम नफेर्ने तर त्यसमा संशोधन गरेर पारित गर्ने तयारी सरकारको देखिन्छ । एउटै दलबाट अर्को व्यक्ति मन्त्री बन्दासमेत कार्यक्रम र प्राथमिकता फेरिने गरेको छ । अहिले सत्तागठबन्धन नै परिवर्तन भए पनि निरन्तरता दिइएको छ । हेर्दा यो सामान्य लागे पनि निकै सकारात्मक काम हो । त्यसो त गृहमन्त्री रवि लामिछानेले पनि निवर्तमान मन्त्रीले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । यस्तै भनाइ र काम गराइ अन्य मन्त्रीबाट आएमा त्यसले लगानीकर्तामाझ निकै सकारात्मक सन्देश जाने र उत्साह आउने देखिन्छ । पर्यटन मन्त्री फेरिएपिच्छे नीति र कार्यक्रम फेरिँदा कुनै पनि कार्यक्रम सफल भएका छैनन् । त्यसैले यस्तो पुराना मन्त्रीको नीति र कार्यक्रमलाई निरन्तरता दिने र आवश्यकताअनुसार संशोधनमात्रै गर्ने नीतिले नीतिगत स्थिरता कायम गर्न मद्दत गर्छ ।  सरकारले लगानी सम्मेलनलाई उच्च प्राथमिकता दिएको छ । त्यसैअनुसार सरकारले ठूला उद्यमीहरूलाई समेत सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको छ । आमन्त्रितहरूसँग एकदुई चरणमा कुरा भएको भए उनीहरूको आगमन सम्भव पनि हुन्छ । अन्यथा निमन्त्रणकै भरमा उनीहरू सहभागी हुने सम्भावना कम छ । लगानी सम्मेलन सफल हुनेमा भने आशंका नै छ । सम्मेलनको तयारी नेपाली कांग्रेसको अर्थमन्त्रीले गरेका थिए । अहिले कांग्रेस अलमलिएको देखिए पनि नेपालमा आर्थिक उदारीकरण शुरू गर्ने र त्यसको पक्षमा उभिने पार्टी भएकाले विदेशी लगानीकर्ताले उसलाई बढी विश्वास गर्नु स्वाभाविक हो । यद्यपि कांग्रेसका पछिल्ला गतिविधिले भने ऊ उदारीकरणको पक्षमा कत्तिको बलियोसँग उभिन्छ भन्नेमा अविश्वास जगाएको छ । कम्युनिष्ट पार्टीहरूले पनि उदारीकरणको नीतिलाई परित्याग गरेका छैनन्, मुलुकको अर्थनीतिमा त्यो समावेश छ । त्यस्तै उनीहरूले पनि विदेशी लगानी आकर्षित गर्ने, निजीक्षेत्रलाई उच्च प्राथमिकता दिने कुरा बताएका छन् । तर, उनीहरूको सैद्धान्तिक धरातल भने आर्थिक उदारीकरण होइन । कम्युनिष्टहरूको जोडबलकै कारण संविधानमा समाजवाद उन्मुख नीति उल्लेख भएको हो । अहिले पनि उनीहरूको बोली र व्यवहारमा विरोधाभास छ । यसले गर्दा उनीहरूप्रति विश्वास गर्ने पूर्ण वातावरण चाहिँ बनिसकेको छैन । त्यसैले लगानी सम्मेलन चुनौतीपूर्ण छ ।  निजी सम्पत्ति, उद्योगीव्यवसायीप्रति सकारात्मक सोच, उनीहरूलाई प्रोत्साहन आदि भएमा मात्रै लगानी आउने हो । त्यस्तै राज्यले नियमनको काम गर्ने र उद्योग, व्यवसाय पूर्ण रूपमा निजीक्षेत्रले गर्ने पक्षमा कम्युनिष्ट पार्टी स्पष्ट छैनन् । सरकारले उद्योग चलाउनुपर्छ, व्यापार गर्नुपर्छ भन्ने सोच पाइन्छ । अहिलेको सरकारमा कम्युनिष्ट दलहरूको रजगज देखिन्छ । त्यसो हुँदा विदेशी लगानीकर्तालाई उदार र बजारमुखी अर्थनीति, सरकारको कम हस्तक्षेपजस्ता कुरामा आश्वस्त गराउन आवश्यक हुन्छ । यसमा वर्तमान सरकार कत्तिको सफल हुन्छ त्यो हेर्न सम्मेलन नै कुर्नुपर्ने हुन्छ । सम्मेलनमा लगानीकर्ताको उल्लेख्य उपस्थिति भयो र तिनले लगानीको प्रतिबद्धता मात्रै व्यक्त गरे भने पनि त्यसलाई सफलता मान्नुपर्ने हुन्छ ।

निकुञ्ज, स्थानीय र पर्यटन

अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय निकुञ्जको पर्यटन र सुरक्षा तथा जैविक विविधताको संरक्षण एकसाथ अघि बढाउनुपर्ने बताएका छन् । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमा नै आरक्ष र निकुञ्ज बढी भएकाले पर्यटन र पर्यावरणलाई सँगै लैजानु आवश्यक छ । पर्यावरणमा क्षति पुग्दै गए दिगो पर्यटनमा समस्या आउन सक्छ । त्यस्तै निकुञ्ज र स्थानीयवासीबीचको द्वन्द्वलाई सम्बोधन गर्दै स्थानीयलाई पर्यटनको लाभ दिलाउन पनि आवश्यक छ । विसं. २०२९ सालमा जारी भएको निकुञ्ज ऐन निकै पुरानो भइसकेको छ । निकुञ्जमार्फत जैविक विविधताको संरक्षणमा नेपालले उल्लेख्य सफलता प्राप्त गरेको छ । तर, वन्यजन्तु बस्तीमा आउँदा स्थानीय बासिन्दालाई मर्का पर्ने गरेको छ । वन्यजन्तुले बालीनाली खाइदिने र यदाकदा मानिसमाथि आक्रमणसमेत गर्ने गरेकाले स्थानीयलाई निकुञ्जसँग जोड्न सकिएको छैन । निकुञ्ज र स्थानीयबीच दूरी बढाउने खालको गतिविधि हुनु हुँदैन । निकुञ्जले स्थानीयको जीवनशैलीमा सुधार ल्याउन सहयोग गरे निकुञ्जप्रति स्थानीयमा सकारात्मक सोच पैदा हुनेछ ।  अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने गर्छ । यही संरक्षण क्षेत्रमा पदयात्रा मार्ग पर्छ । यसबाट स्थानीयले लाभ लिएको देखिन्छ । तर, यसको संरक्षण गर्न तथा पर्यावरण जोगाउन यहाँ व्यवसाय गर्नेले पर्याप्त ध्यान नदिएको देखिन्छ । खासगरी पदयात्रीहरूले प्लास्टिक तथा बोटलहरू फालेर प्रदूषित गरिरहेका छन् । यसमा ध्यान जानु जरुरी छ । नेपालको पर्यटन प्रकृतिमा निर्भर छ । त्यसो हुँदा प्राकृतिक सुन्दरता कायम गरेर पर्यटन गतिविधि अघि बढाउनुपर्छ । पर्यावरण र पर्यटनलाई सँगसँगै लैजान सके दिगो पर्यटनको आधार तयार हुन्छ । पर्यटकको संख्या बढी हुँदा सगरमाथादेखि तराईका निकुञ्जसम्म र माटोदेखि पानीसम्म प्रदूषित र फोहोर भएको छ । यसले पर्यटकका माझमा नकारात्मक सन्देश जान्छ । त्यसैले पर्यटन नीतिमा पर्यावरण पनि जोडिनुपर्छ । हुन त नेपालको पर्यटन नीतिले पर्यापर्यटनका विषय उठाएको छ । त्यसअनुसार केही नीति पनि लिएको देखिन्छ । तर, यसले बृहत् रूपमा सबै पक्षलाई सम्बोधन भने गर्न सकेको छैन । त्यस्तै यसको कार्यान्वयन पक्ष पनि निकै कमजोर छ । त्यसैले पर्यटनबाट प्राप्त राजस्वको परिचालन त्यही क्षेत्रको संरक्षण, संवद्र्धन तथा स्थानीयको आर्थिक सुधारका लागि खर्च हुनुपर्छ । केही पर्यटकीय क्षेत्रमा स्थानीय सरकारले पर्यटन शुल्कको रकम पाए पनि त्यसको उपयोग त्यसको संरक्षणमा नगरेको पनि पाइन्छ । यी समस्यालाई सम्बोधन गर्न सके निकुञ्ज र स्थानीय बासिन्दाबीच सुमधुर सम्बन्ध स्थापित हुन्छ र त्यहाँको पर्यटन दिगो बन्न सक्छ ।

वैदेशिक लगानीको रटान र यथार्थ

सरकारले हालै तयार गरेर लागू गरेको त्रिवर्षीय मध्यकालीन खर्च संरचनामा उद्योगको क्षेत्रमा महत्त्वाकांक्षी अपेक्षा राखेको छ । आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्ममा ९० हजार कम्पनी स्थापना हुने र तीमध्ये ३३० ओटा ठूला उद्योग हुने अपेक्षा सरकारको छ । तर, यसरी अपेक्षा गरिरहँदा यसअघिका लक्ष्य पूरा किन भएनन् र अब ती लक्ष्य पूरा हुने आधार के हुन् भन्नेमा सरकार स्पष्ट देखिँदैन । सरकारको काम कागजमा योजना बनाउने र कुनै सामान्य उपलब्धि प्राप्त भइहालेछ भने त्यसको जस लिन होडबाजी गर्ने मात्रै रहेको देखिन्छ । यदि त्यसो होइन भने उसले विगतका कमजोरीलाई सच्याएर तथा अन्य देशले लिएका नीतिबाट सिकेर त्यस्तो योजना बनाउन किन खोजिरहेको छैन ? सकिरहेको छैन त ?  सरकारले आगामी ३ वर्षमा ९० हजार कम्पनी र तीमध्ये ३३० चाहिँ ठूला कम्पनी हुने अपेक्षा गरिरहँदा विगतको प्रगति हेर्दा ३ सय नयाँ उद्योगमात्रै दर्ता भएका छन् । ती उद्योगले ६ लाख ७० हजार थप रोजगारी सृजना हुने अपेक्षा गरेको छ जब कि विगतको सफलता भने १६ हजार ९ सय रोजगारी सृजनामा सीमित रहेको देखिन्छ । तीन वर्षमा ४५ ओटा औद्योगिक क्षेत्र, ४५० औद्योगिक ग्राम स्थापना र १० ओटा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य राखिएको छ । सरकारले दशकौँ लगाएर पनि विशेष आर्थिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकेको छैन, दशकअघि नै घोषणा भएका औद्योगिक क्षेत्र निर्माण हुन सकेका छैनन् । घोषणा भएकै कामको थालनीसमेत भएको छैन । त्यसैले सरकारको यस्तो योजनाको कुनै काम देखिँदैन । बजेट भाषणमा राखिएका र बजेट विनियोजन गरिएका आयोजनामा समेत काम नहुँदा किन भएन भनेर समेत चासो नदिने सरकारले यस्तो घोषणा गर्नुको औचित्य देखिँदैन । वास्तवमा सरकारी कर्मचारीले काम गरेको देखाउन मात्रै यस्ता योजना ल्याउँछन् भन्दा पनि फरक पर्दैन ।  लगानीकर्ताले खोज्ने लगानी वातावरणदेखि लगानी फिर्तासम्मका विषयमा सबै देश यति धेरै उदार र लचक बनिरहेका छन् कि नेपालले तिनलाई पछ्याउनै सक्दैन । उद्योगमा २० प्रतिशत वैदेशिक लगानी बढाउने लक्ष्य सरकारको छ । यो ठूलो लक्ष्य होइन । तर, यो लक्ष्य भेट्न पनि सम्भव देखिँदैन । नेपालमा लगानीको सम्भावना नभएर होइन, लगानीका लागि सोच बनाएका व्यक्तिलाई विश्वासमा लिन र उनीहरूलाई व्यवसाय गर्ने वातावरण बनाउन सरकार समर्थ नहुने भएर यो सम्भावना नदेखिएको हो । भारत जस्तो ठूलो बजार भएको र उदीयमान अर्थतन्त्र भएको विश्वको पाँचौं ठूलो अर्थतन्त्रले त अपेक्षित मात्रामा विदेशी लगानी ल्याउन सकेको छैन भने नेपालले ठूलो विदेशी लगानीको अपेक्षा कसरी पूरा गर्न सक्छ ? यसको अर्थ नेपालले सक्दैन भन्ने होइन । साँच्चिकै काम गर्ने मनसायले यस्तो लक्ष्य लिइएको हो भने सोहीअनुसार कार्यान्वयन गर्न सक्नुपर्छ । सामान्यस्तरका काम गर्न त नसकिरहेको सरकारी संयन्त्रले यस्तो विशिष्टीकृत काम लक्ष्य लिँदैमा पूरा होला भनेर पत्याउने अवस्था छैन । मुलुकको प्रशासन विश्वमै उच्च भ्रष्टाचारी भनेर चिनिएको छ । कर्मचारीतन्त्रका अनेक बहानाबाजी र कागजी प्रक्रियाले गर्दा स्वदेशी लगानीकर्ता आत्तिएका छन् । सर्वसाधारण नेपाली नै पनि सरकारको कार्यशैलीप्रति आजित भएर विदेश पलायनको बाटोमा लागिरहेका छन् भने त्यहाँ अन्य देशका लगानीकर्ताले कसरी र किन लगानी ल्याउलान् ? अझ, चाहे स्वदेशी होस् चाहे विदेशी लगानीकर्ता, तिनले कमाएको नाफालाई ‘लुट’ सम्झने आमप्रवृत्ति नै छ भन्दा हुन्छ । व्यवसाय के हो, तिनले कसरी मुनाफा आर्जन गर्छन्, त्यसबाट मुलुकले के फाइदा पाउँछ भन्नेमा नै कर्मचारीतन्त्रदेखि राजनीतिक नेतृत्वसम्मले राम्ररी बुझ्न नसकेको अनुभव हुन्छ । त्यसैले व्यावसायिकताको सृजना गर्न सरकार चुकिरहेको हो भन्न सकिन्छ ।  सबै मुलुक विदेशी लगानी आओस् भन्ने चाहन्छन् । त्यसका लागि उनीहरूले जग्गा उपलब्ध गराउनेदेखि करछूटलगायत थुप्रै सुविधा दिइरहेका छन् । लगानीकर्ताले खोज्ने लगानी वातावरणदेखि लगानी फिर्तासम्मका विषयमा सबै देश यति धेरै उदार र लचक बनिरहेका छन् कि नेपालले तिनलाई पछ्याउनै सक्दैन । एउटा कानून संशोधनका लागि वर्षाैं लाग्ने मुलुकमा विश्वको तीव्र गतिलाई पछ्याउने सामथ्र्य छैन भन्दा हुन्छ । त्यसैले लगानी ल्याउन नेपालले गर्नुपर्ने थुप्रै काम छन् । ऐनकानूनदेखि लगानीकर्ताप्रति सकारात्मक सोच राख्नुपर्ने सम्मका विषयमा परिवर्तन नआई लगानी ल्याउन त्यति सहज देखिँदैन । यसका लागि सर्वप्रथम अहिलेको कार्यशैलीमा सुधार गर्नुपर्छ, जुन कुरा हरेक लगानीकर्ताले महसूस गर्नुपर्छ ।

पुस १५ गते शुक्रबार, यस्ताे छ तपाईंकाे राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । मनमा सकारात्मक सोच राख्नु पर्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) व्यापार व्यवसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ […]

नयाँ वर्षमा नयाँ के खोज्ने, नयाँ को रोज्ने

विक्रम सम्बत २०७८ ले हामीलाई विभिन्न चिन्तन, सफलता,असफलता जीवन प्रतिका हाम्रा अर्थ्याएका अनुभवको रुपमा छोडिदिएर बिदा लिंदै नयाँ वर्ष २०७९ को रुपमा स्वागत गर्दैछ ।अहिले हामी, हाम्रो नजिक र चिनजानमा रहनुभएका व्यक्तिहरु मात्र नभएर संसारभर,सामाजिक संजालहरू मार्फत, इमेल र फोन अनि शुभकामना कार्डबाट शुभकामना आदान प्रदान गर्ने ओइरो लागेको छ ।सबै मानिसहरु खुसी र उमङ्गले भरिएका छन् । हर्षित देखिन्छन्, परिवार, साथीभाई, इस्ट मित्रसँग घुमघाम र रमाइला कार्यक्रमहरु तय गर्दैछन् । सबैमा सकारात्मक सोच छ

चुरा बेचेर समृद्धिको सपना पछ्याउँदै यमुना

रूपन्देहीकी यमुना चापागाईं पेशाले चुरा उद्योगी हुन् । उनको परिचय अहिले त्यतिमा मात्र सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ । उनी १८ जना महिलाहरूकी रोजगारदाता समेत बनेकी छन् । बिहे भएको छोटो समयमै यमुनाका पतिको निधन भयो । उनले अनेक दुःख भोगिन्, आर्थिक अभाव झेलिन् । केही उद्यम गर्नुपर्छ भनेर धेरै व्यवसाय गर्न हात हालिन् तर सफलता पाउन सकिनन् । चुरा व्यवसायले उनलाई उज्ज्वल भविष्यतर्फ लग्यो । अन्नतः उनलाई चुरा उद्योगले सफलता दिलायो । ‘सफलता खोज्नेहरूले...