काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचना भत्काउन सुरु गरेलगत्तै नजिकैको काठमाडौंको कीर्तिपुर नगरपालिकाले मापदण्ड विपरीत बनाइएका भौतिक संरचना हटाउन सुरु गरेको छ । बिहिबार कीर्तिपुर नगरपालिकाले वडा नम्बर १० मा मापदण्ड विपरीत निर्माण भएको पर्खाल भत्काएको छ । नगरपालिकाले नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा अनधिकृत रुपमा बनाइएको संरचनाहरु भत्काएको हो । नगरपालिकाका मेयर राजकुमार नकर्मीका …