काभ्रे : काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका एक हजार २४० विद्यार्थी दीक्षित हुने भएका छन्। विश्वविद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार २८औँ दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो।प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन विलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए। दीक्षान्त समारोहमा