चन्द्रागिरिमा जेठ १ देखि आइसोलेशन सेन्टर

काठमाडौँ, २८ वैशाख: चन्द्रागिरि नगरपालिकाकाले कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आउँदो जेठ १ गतेदेखि वडा नं ८ मातातीर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनमा सो सेन्टर सञ्चालन गर्ने तयारी गरेको हो । अक्सिजनसहितको ३० शय्याबाट १०० शय्याको आइसोलेशन सेन्टर बनाइने सो वडाका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । नगरको […]

सम्बन्धित सामग्री

अभियन्ता रायको पहलमा आइसोलेशन सेन्टर स्थापना

सामाजिक अभियन्ता सरोज रायले सर्लाहीको बरहथवामा कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि २५ बेडको आइसोलेशन सेन्टर स्थापना गरेका छन् । भोलिदेखि उद्घाटन हुने अक्सिजनसहित २५ बेडको सो आइसोलेशनमा ओपिडी सेवा पनि सञ्चालन हुने अभियन्ता रायले बताए । भोलेन्टियर कर्प नेपालले स्वास्थ्य समाग्री सहयोग गरेपछि सरोजले सो सेन्टर स्थापना गरेका हुन् ।सो आइसोलेशन सेन्टरको नाम टीएमएनसी आइसोलेशन सेन्टर राखिएको उनले बताए । त्यहाँ कोरोना संक्रमितका लागि सम्पूर्ण सेवा निशुल्क हुने बताइएको छ ।  डाक्टरको सेवालगायत

भैरहवामा कोभिड आइसोलेशन सेन्टर सञ्चालनमा

सेवा इन्टरनेशनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवास्थित केशवधाममा १५ श्ययाको कोभिड आइसोलेशन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।आइसोलेशन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्दै  विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेश

महासंघले क्षेत्रपाटीमा सञ्चालनमा ल्यायो ५० बेडको आइसोलेशन

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीको गोर्खा अस्पतालको भवनमा आइसोलेशन सञ्चालनमा ल्याएको छ। हिजोदेखि सञ्चालनमा आएको आइसोलेशन सेन्टर उपत्यकामा दोस्रो हो। यसअघि महासंघले ज्ञानेश्वरमा २६ बेड क्षमताको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको थियो। ५० वटा बेड क्षमताको आइसोलेशनलाई विस्तार गर्दै पछि १०० वेडसम्म पुर्याउने योजना छ। आइसोलेशनमा बिरामीहरूलाई निःशूल्क खाना, औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ।

गोर्खा अस्पतालमा आइसोलेशन केन्द्र सञ्चालन ल्याइने

काठमाडौं। क्षेत्रपाटीको गोर्खा अस्पतालमा आइसोलेशन सेन्टर सञ्चालनमा आउने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ ले संयुक्तरुपमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने भएका हुन्। आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने सहमतीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्बर १९ का अध्यक्ष नवीन मानन्धरले हस्ताक्षर गरे।

१० श्ययाको आइसोलेशन तयार

पोखरा, २९ वैशाख: गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए । गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल […]

टोखा नगरपालिकाले ल्‍यायो १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा

काठमाडौँ । टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । उक्त नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शय्याको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

वीरगंजका संक्रमितका लागि सय बेडको आइसोलेशन तयार

वीरगंज : प्रदेश २ को एक मात्र वीरगंज महानगरपालिकाले सय बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ। केन्द्र सरकारले हरेक पालिकाले आफनो आफनो छुटाछुटै आइसोलेशन बनाउनुपर्ने निर्देशन दिएपछि वीरगंजका मेयर विजयकुमार सरावगीको सक्रियतामा वीरगंज घडिअर्वापोखरी नजिकै गोपालमण्डलीमा सय वेडको आइसोलेशन निर्माण गर्ने काम पुरा भएको हो। ‘करिब सय जना…

आइसोलेशन सेन्टर तयार गर्नेबारे सेना र महानगरबीच छलफल

काठमाडौँ । कोरोना महामारी नियन्त्रणका गर्न ठुलो इकाइमा आइसोलेशन सेन्टर बनाउनेबारे काठमाडौं महानगरका मेयर, नेपाली सेनाका उपत्यका पृतनापति र प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।बुधवार नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, पृतनापति (उपरथी) आनन्द अधिकारी र काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीबीच छलफल भएको हो  । साना क्वारेन्टिन र आइसोलेशन बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापनमा कठिन हुने हुनाले ठुला संरचना तयार गर्ने सहमति भएको काठमाडौं महानगरपालिकाले जनाएक

दाङ : सबै पालिकामा अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण, सिलिण्डरको अभाव

दाङ - दाङका सबै पालिकाले कोरानाका बिरामीको उपचारका लागि अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएका छन् । देउखुरीमा चार वटा पालिका मिलेर बनाइएको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा आएको छ । देउखुरी क्षेत्रका चार पालिका लमही नगरपालिका, राजपुर, राप्ती र गढवा गाउँपालिकाको संयुक्त लगानीमा लमहीमा २५ शय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । दाङका दुई वटै उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन । तुलसीपुर उपमहानगरपालिकाले ५० शय्याको अक्सिजनसहितको आइसोलेशन सेन्टर तयार पारेको छ भने...

चन्द्रागिरि अस्पतालमा ‘आइसोलेशन सेन्टर’ निर्माण गरिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरि अस्पताल थानकोटमा ‘आइसोलेशन सेन्टर’ निर्माण गर्ने भएको छ ।    काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै चन्द्रागिरि नगरपालिका–४ मा रहेको चन्द्रागिरि अस्पताल थानकोटमा आइसोलेशन सेन्टर निर्माणको तयारी थालेको हो ।      नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरस्तरीय अस्पतालका रूपमा रहेको चन्द्रागिरि अस्पताल थानकोट र मनमोहन अस्पताल दहचोकमा आइसोलेशन सेन्टर निर्माण गर्न लागिएको जानकारी दिए । ‘चन्द्रागिरि अस्पतालमा २० र मनमोहन अस्पतालमा ३०० भन्दा बढी कोरोना संक्रमितको उपचार गर्न सकिन्छ,’ उनले भने । यस्तै, चन्द्रागिरिले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालमा समेत कोरोना संक्रमितको उपचार गरिने बताएको छ ।काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरि नगरपालिकामा नगर अस्पतालबाहेक १६ स्वास्थ्य संस्था छन् । १५ वडामा १५ स्वास्थ्य संस्था र वडा नं १० मा थप एक स्वास्थ्य संस्था रहेको नगर प्रवक्ता महर्जनले बताए । चन्द्रागिरिले कोरोना संक्रमण चेकजाँचका लागि आवश्यक पर्ने पल्स अक्सिमिटर र अक्सिजन प्रत्येक वडाका स्वास्थ्य संस्थामा पुर्‍याउने लक्ष्य राखेको छ ।  रासस