अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने पाँच टिपर नियन्त्रणमा

लहान। अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गर्ने पाँचवटा टिपरलाई सिरहाको गोलबजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ। चुरे क्षेत्रमा अवैध रूपमा ढुङ्गागिट्टी उत्खनन् गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका टिपर आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।रासस

सम्बन्धित सामग्री

सर्लाहीका बागमती नदीको अवैध उत्खनन

सर्लाहीको बागमती नदीमा अबैध रुपमा उत्खनन गरिरहेको अवस्थामा सर्लाही प्रहरीले एक एक्जाभेटरसहित तीन वटा टिपर नियन्त्रणमा लिएको छ।साथै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।...

गुठी संस्थानको ५२ बिघा जग्गामा अनुमतिबिना माटो उत्खनन

वीरगञ्ज – गुठी संस्थानको ५२ बिघा जग्गामा अवैध माटो उत्खनन र ठेक्काको दुरुपयोग गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्ने गुठी संस्थान वीरगञ्जले जनाएको छ। आइतबार वीरगञ्ज महानगरपालिकाले अनुमतिबेगर माटो उत्खनन गर्ने स्काभेटरसहित चार वटा टिपर नियन्त्रणमा लिएको थियो। अवैध उत्खनन गरेको जग्गा गुठी संस्थानको हो। गुठी संस्थान वीरगञ्जका प्रमुख चूडामणि घिमिरे र वीरगञ्ज महानगरपालिका कार्यालयका पदाधिकारीले […]

महोत्तरीका नदीमा अवैध उत्खनन गर्ने टिपर, जेसीबी र चालक नियन्त्रण

काठमाडौँ- महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालयले जिल्लाको रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिन थालेको छ । प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारवाही थालिएको हो । आजमात्र बर्दिबास- ७ वाट ना १ क ८३५२ […]

अवैध उत्खनन् गर्ने टिपर, जेसिवी र चालक नियन्त्रण

महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ ।  पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र  बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।

सेती नदी घाटबाट चार टिपर र एक्साभेटर नियन्त्रणमा

तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ । आज दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो । लु१क ३८३७, लु१क ३८३८, लु१क ३८३९, लु१क ४०६६ नंको टिपर र अल्फाबेट नखुलेको ५९८ नंको एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार

अवैध गिटीबालुवा बोकेका टिपर कारबाहीमा

दोलखाको कालिञ्चोक गाउँपालिका–८ सुनखानीमा प्रहरीले पक्राउ गरेको तीनवटा टिपर जरिवाना तिरेपछि छुटेका छन् । प्रहरीले चेकजाँचका क्रममा ठेक्का नलागेको कालिञ्चोक गाउँपालिका–७ कोसीखेत बगरबाट अवैध रुपमा उत्खनन गरी ल्याएपछि प्रहरीले पक्राउ गरेको थियो ।एक हप्ताअघि पक्राउ परेका टिपर जिल्ला अनुगमन समितिको निर्णयपछि प्रतिटिपर १० हजारका दरले जिल्ला समन्वय समितिको विविध खातामा जरिवाना तिरेर छुटेका हुन् । […]

अवैध ग्राभेल उत्खनन गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

सिरहा- अवैध रुपमा ग्राभेल उत्खनन गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाकाे गोलबजार-१ मुक्सारबाट नियन्त्रणमा लिएको छ । स्थानीयले दिएकाे सूचनाकाे आधारमा प्रहरीले ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिबार राति नियन्त्रणमा लिएको हो । टिपर र […]

अवैध उत्खनन् आरोपमा स्काभेटर र  टिपर प्रहरीको नियन्त्रणमा

धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ ।  गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको  संयुक्त प्रहरी टोलीले सो  स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आ

मध्यरातमा अवैध उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका ३ स्थित औरही खोलाबाट मध्यरातमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा स्काभेटर (जेसिबी ) र टिपर  प्रहरीले नियन्त्रणमा लिएको छ।औरही खोलामा आइतबार राति १ बजे स्काभेटर (जेसिबी ) र टिपर  प्रयोग गरेर अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ना७ख १६७३ नम्बरको १ वटा जेसिबी र ज१त ६२१ नम्बर १ वटा टिपर नियन्त्रणमा लिएको हो।आइतबार राति स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको सुरक्षाटोली उत्खननस्थ

अवैधरूपमा ढुंगागिट्टी उत्खनन गर्ने ५ ओटा टिपर नियन्त्रणमा

जेठ २७, लहान । अवैधरूपमा ढुंगागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच ओटा टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ ।  चुरे क्षेत्रमा अवैधरूपमा ढुंगागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।  उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुंगागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ । रासस