अवैधरूपमा ढुंगागिट्टी उत्खनन गर्ने ५ ओटा टिपर नियन्त्रणमा

जेठ २७, लहान । अवैधरूपमा ढुंगागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच ओटा टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको छ ।  चुरे क्षेत्रमा अवैधरूपमा ढुंगागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।  उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुंगागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात प्रहरीले सक्रियता बढाएको छ । रासस

सम्बन्धित सामग्री

चन्द्रपुरका जनप्रतिनिधिकै मिलेमतोमा जथाभावी उत्खनन

रौतहट : चन्द्रपुर नगरपालिका वडा नं–१ मा पर्ने पौराई खोलामा स्काभेटर लगाएर जथाभावी उत्खनन गरिएको छ। रैयाटोल हुँदै पौराई मन्दिर जाने बाटोमा पर्ने पौराई खोला बुधबार दिनभरि उत्खनन भएको हो। दर्जनौं ट्याक्टर लाइन लगाएर एक स्काभेटरले उत्खनन गरेको थियो।पौराई खोला उत्खनन भईरहेको सूचना पाएपछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुनिल कर्णसहितको टोलीलाई देख्नासाथ स्काभेटर र ट्याक्टरहरुको भागाभाग भएको प्रमुख कर्णले बताए।केही ठेकेदारहरुले चाँदी, बागमती र त्यसपछि पौराई खोलामा जथाभावी उत्खनन

अवैधरुपमा बालुवा उत्खनन

बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ । दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो ।महाकालीबाट अवैधरूपमा बालुवा ल्याउँदै गरेको ट्र्याक्टर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । महाकाली नदी किनारबाट अवैधरुपमा बालुवा उत्खनन गरेर ल्याउँदै गरेको […]

महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन

दशरथचन्द नगरपालिकाले टेण्डर आह्वान गरेर निश्चित कम्पनीलाई तोकिएका मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएको भए पनि महाकालीमा अवैध उत्खनन बढ्दै गएको पाइएको हो।...

महानगरद्वारा टुकुचा उत्खनन अभियान जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको […]

अवैध उत्खनन गर्ने सवारी नियन्त्रणमा

मोरङको विभिन्न खोलामा अवैध रूपमा उत्खनन गर्दै गरेका नौवटा सवारीसाधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ।...

बाँकेमा नदीजन्य सामग्री अवैध उत्खनन

बाँकेमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न स्थानमा अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको हो।...

पुरातत्व विभागद्वारा अवशेषकाे उत्खनन जारी

रौतहटको मौलापुर नगरपालिका ५ पतौरामा जमिनमा भेटिएको अवशेषको उत्खनन भइरहेको छ। पुरातत्व विभागको टोलीद्वारा उत्खनन भइरहेको हो।...

बालुवा, गिट्टीको उत्खनन : श्रीलंका मोडल चाहिन्छ

बालुवा, गिट्टीको उत्खनन संसारको सबैभन्दा ठूलो उत्खनन हो । संसारमा कुल उत्खननको ८५ प्रतिशत हिस्सा गिट्टी, बालुवाको छ । बढ्दो शहरीकरण र ठूलो संख्यामा भइरहेको निर्माणजन्य कार्यले बालुवा, गिट्टीको माग बढ्दैछ । एक अध्ययन अनुसार विश्वभरि वार्षिक ३२ अर्ब टन बालुवा र ५० अर्ब टन गिट्टीको उत्खनन हुन्छ । खोला, नदीहरू नै यो उत्खननको मुख्य […]

दाङकाे राप्ती नदीमा जथाभाबी उत्खनन

दाङ - दाङको राप्ती नदीमा निषेधाज्ञाको मौकामा उत्खनन बढेको छ । देउखुरीको लमही-गढवा सडकखण्ड अन्तर्गत राप्ती पुलपूर्वतर्फ नदीमा भइरहेको उत्खननका लागि डोजर र टिप्परको मेला नै लाग्ने गरेको स्थानीयले बताएका छन् ।   नदीमै ठूला औजार प्रयोग गरेर उत्खनन हुँदा जोखिम बढेको स्थानीयबासिन्दाको गुनासो छ । राप्ती नदी किनारमा भर्खरै बनाएको तटबन्धको माथिल्लो भाग खोलिएको छ । गाउँलेहरुले उत्खनन भइरहेको ठाउँमै पुगेर मापदण्ड अनुसार मात्रै उत्खनन गर्न अनुरोध गरे पनि ठेकेदारहरुले मानेका छैनन् । व...

१३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ। खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवर्द्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो।...