आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द गर्यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को …