काठमाडाैं। नेकपा एमालेले स्पष्टीकरण सोधिएका सांसदलाई कारवाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ। एमालेको शुक्रबार बसेको केन्दीय कमिटीको बैठकले सांसदहरुको स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय लिने जिम्मा स्थायी कमिटीलाई दिएको हो। अध्यक्ष ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण नराख्ने र विगतमा गरिएको गुटगत गतिविधिबाट सच्चिएर आए उनीहरुलाई पार्टीमा जिम्मेवारी दिने बताएका छन। एमालेले ३२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ।