काठमाडौं : उपत्यकामा निषेधाज्ञा जारी भएको एक महिना नाघिसक्यो । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सेवा बन्द छन्। निजी र सार्वजनिक सवारी चल्न दिइएको छैन । यसको अनुगमन र कारवाही गर्ने जिम्मा ट्राफिक प्रहरीको छ । महिला ट्राफिक प्रहरी निषेधाज्ञा पालना गराउन उत्तिकै सक्रिय छन्।ट्राफिक प्रहरीलाई पहिलाभन्दा अहिले डिउटी समय केही कम छ, तर खटाइ बढी छ।‘अरूबेला १० घण्टासम्म डिउटी हुन्थ्यो, थापाथलीमा चेकिङमा खटिएकी ट्राफिक प्रहरी लक्ष्मी बस्नेतले भनिन्, अहिले चाहिँ ६ देखि ८ घण्टा मात्रै डिउ