हुण्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले हुण्डाई मोटर कम्पनी, कोरियाको सौजन्यमा ५० लाख बराबरका कोविड–१९ उपचारका लागि आवश्यक पीपीईलगायत सामग्रीहरु प्रदान गरेको छ । कम्पनीले स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई वैशाख २४ गते आयोजना गरिएको एक कार्यक्रममा हस्तान्तरण गरेको हो । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारलाई ८५ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामग्री

प्रतिमान निमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेश सरकारलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरे । प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।    मुख्यमन्त्री पोखर

‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा, १ असार: द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण […]

कोभिड महामारीमा महासंघको दिगो सञ्जाल परिचालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आफू मातहतको सिंगो सञ्जाल कोरोना महामारीले निम्त्याएको विपद्लाई नियन्त्रणमा ल्याउन सर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा परिचालन भएको जनाएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीसँग जारी निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको बताएको छ । महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद हुँदा मुलुकभर करिव ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको जनाएको छ । प्रदेशगत रूपमा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकी प्रदेश ७५ प्रतिशत, बागमती प्रदेश (६९ प्रतिशत, प्रदेश २ ६९ प्रतिशत, लुम्बिनी प्रदेश ६४.५ प्रतिशत, सुदूरपश्चिम ५७.७ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५ प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको महासंघले जनाएको छ । खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धित, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प रहेको महासंघको भनाइ छ । महासंघका अनुसार उद्योग व्यवसाय चलाउने लाखौं मानिस घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावनाअनुरूप नेपालीको स्वास्थ्य बचाउनु ठूलो भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको महासंघले प्रस्ट पारेको छ । कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायी परे पनि अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको महासंघको भनाइ छ । महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउंदै आफ्नो सिंगो सञ्जाललाई आ–आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रिन अपिलसमेत गरेको बताएको छ । उद्यमी व्यवसायीले आइसोलेशन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटरलगायत अत्यावश्यक औषधीको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापनामार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्री हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् । त्यस्तै, स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, बेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रबन्धमा महासंघको सञ्जाल परिचालित हुँदै आएको छ । महासंघका अनुसार करिब १ सय वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघ मानवीय सहायता जोडिएका छन् । महासंघका केही सदस्य उद्योग वाणिज्य संघले राहत कोष नै खडा गरी स्वास्थ्य सहयोग गरिरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी बेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालनलगायतमा सहयोग गरिरहेको महासंघले जानकारी दिएको छ । महासंघका वस्तुगत संघ, एसोसिएट सदस्य औद्योगिक एवं व्यावसायिक घराना, उद्योग प्रतिष्ठान, बैकिङ क्षेत्रले विभिन्न अस्पताललाई आर्थिक सहयोग, अक्सिजन, औषधीसहित अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग गरिरहेको महासंघले बताएको छ ।